Home / Feature Breaking news / ‘ प्रदेश नं. ५ समृद्धिको नमूना प्रदेश ’ प्रधानमन्त्री ओली

‘ प्रदेश नं. ५ समृद्धिको नमूना प्रदेश ’ प्रधानमन्त्री ओली

बुटवल,१६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर ५ लाई नमूना प्रदेशको रुपमा विकास गर्न सकिने बताएका छन् । नारायणीदेखि कर्णालीसम्म र सुस्तादेखि राजापुरसम्मका भूभागले विकास तथा समृद्धिको संकेत गरेको उनले बताए ।

प्रदेश नम्बर ५ को बिशेष बैठकलाई आइतवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासमा नमूना प्रदेश बनाउनु पर्ने बताए । सम्बोधनका क्रममा प्रदेश नम्बर ५ को प्रशसा गर्न धेरै समय ओलीले खर्र्चिएका थिए । उनले कृषि र पर्यटनबाट यो प्रदेशको समुद्ध गर्न सकिने बताए ।

प्रदेश नम्बर ५ दुनियाँ अन्धार हुँदा ज्ञानको ज्योति छर्ने बुद्ध जन्मेकोस्थल रहेकाले यस क्षेत्रलाई समृद्ध बनाउन सकिने प्रधानमन्त्री ओलीले बताएका थिए । प्रदेशसभालाई पहिलो पटक सम्बोधन गरेका उनले भैरहवामा निर्माणधिन विमानस्थल सम्पन्न भएपछि विकासलाई थप टेवा पुग्ने बताए ।

प्रधानमन्त्री ओलीले संघियता हजारौं बर्षदेखिको संघर्षको परिणाम भएको बताए । ‘प्रादेशिक संरचना, प्रदेशसभा सरकार सबैलाई बधाई दिन चाहन्छु ’, प्रधानमन्त्री ओलीले भने, ‘आज म पहिलोपटक यहाँहरुको यस प्रदेशसभाको सम्बोधनका लागि सांसदको सफलताका निम्ति, सभामुख महोदयको सफलताका निम्ति हार्दिक शूभकामना व्यक्त गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*