Home / Feature Breaking news / नेप्सेमा उछाल कायमै, कारोबारमा नयाँ कीर्तिमान

नेप्सेमा उछाल कायमै, कारोबारमा नयाँ कीर्तिमान

धितोपत्र बजारमा लगातार बढिरहेको सेयर कारोबारले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ। नेप्से परिसूचक झन्डै ६० अंकले उकालो लागेको दिन १५ अर्ब ५४ करोड ८८ लाख सात सय ३८ रुपैयाँको कारोबार भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९.६८ अंकले वृद्धि भई दुई हजार चार सय २४.३२ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.३७ अंकले उकालो लागेर चार सय ३६.१४ मा पुगेको छ।

नेप्सेका अनुसार कुल तीन करोड ९९ लाख ३८ हजार दुई सय ३७ कित्ता सेयर १५ अर्ब ५४ करोड ८८ लाख सात सय ३८ मा कारोबार भयो । नेपाल इन्भेष्टमेन्ट मेघा बैंक, नेपाल फाइनान्स लिमिटेड, आँखुखोला जलविद्युत् कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था तथा थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा दश प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो।

यस्तै, कुमारी सबल योजना ५.७६, सिन्धु विकास बैंक ४.५७, गुहेश्वरी मर्चेन्ट ४.२२, एनसिसी डिबेञ्चर ३.९३ र श्री इनभेष्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ३.९० प्रतिशतले गुमाए।

नयाँ राजनीतिक सत्तासमीकरणसँगै सेयरबजारमा कारोबारको ग्राफ चुलिन थालेको हो। आजको वृद्धि तीन वर्षयताकै उच्च हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*