Home / समाचार / सरकारका गलत कामको भण्डाफोर गर्न आग्रह

सरकारका गलत कामको भण्डाफोर गर्न आग्रह

तुलसीपुर, २ असोज । नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जनजागरण अभियान अन्तर्गत विहिवार पश्चिम दाङ क्षेत्र नम्वर ३ ख स्थीत साविक पञ्चकुलेको कटकुईयांमा कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेस क्षेत्र नम्वर ३ ख का सभापति खिम वहादुर वलीको अध्यक्षता तथा केन्द्रिय प्रतिनिधि मोहन वरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वोल्दै प्रमुख अतिथि वरालले सरकारले गरेका गलत क्रियाकलापको भण्डाफोर गर्दै आगामी मंसिर १४ गते हुन लागेको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी वनाउन शशक्त भएर लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्वर ३ का सभापति जगत वहादुर खड्का, कांग्रेस नेताहरु केशव आचार्य, खिमप्रसाद खराल, देविका नेपालीलगायतले कम्युनिष्ट सरकारको अन्यायका विरुद्ध सवै कांग्रेसहरु एक भएर पश्चिम दाङको आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी वनाउने अभियानमा अहिले देखि नै ईमान्दारी पुर्वक लाग्न आग्रह गर्नुभयो ।

क्षेत्रिय कोषाध्यक्ष भद्र खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा साविक पञ्चकुलेका ईकाइ सभापति रुद्र वहादुर डांगीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण क्षेत्रिय सचिव चुडामणी ढकालले गर्नुभएको थियो । यस्तै दाङका अन्य प्रदेश क्षेत्रहरुमा पनि राष्ट्रिय जनजागरण अभियान अन्तर्गतका कार्यक्रम जारि रहेको नेपाली कांग्रेस दाङका सचिव शंकरप्रसाद डांगीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*