Home / समाचार / शिद्धेश्वरीको अध्यक्षमा शुष्मा शाह

शिद्धेश्वरीको अध्यक्षमा शुष्मा शाह

तुलसीपुर, २ असोज । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ स्थीत शिद्धेश्वरी महिला वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनं. शुष्मा शाह चयन भएकी छिन । विहिबार सम्पन्न चौधौ साधारण सभा तथा छैठौ अधिवेशनले पुन शाहकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

सस्थाको उपाध्यक्षमा सिता चौधरी, सचिवमा रमा अधिकारी, कोषाध्यक्षमा निर्मला महतरा रहेका छन । त्यसै गरि सदस्यमा उर्मिला आचार्य, शुशीला भण्डारी, शुशीला डांगी, बुधनी चौधरी, ममता न्यौपाने र खिमा खड्का रहेका छन । त्यस्तै सावित्रा ढकालको संयोजकत्वमा लेखा उपसमितिमा विष्णी चौधरी र विमला केसी चयन भएका छन । देविका सोनामको संयोजकत्वमा गठित शिक्षा उपसमितिको सदस्यमा कमला केसी र भिमा विष्ट चयन भएका छन । ऋण उपसमितिको संयोजकमा सिता चौधरी चयन हुनु भएको छ । जसको सदस्यमा कौशिला वली र रमा केसी चयन हुनु भएको छ ।
संस्थाका अध्यक्ष शुष्मा शाहको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष चित्र वहादुर वलीको प्रमुख आतिथ्यमा भएको चौधौ साधारण सभा तथा छैठौ अधिवेशनमा वोल्ने वक्ताहरुले सहकारीको माध्यमबाट महिलाहरुको आर्थिक, सामाजिक तथा व्यक्तत्व विकासमा महत्वपुर सहायेग पुगेको वताएका छन् । साथै उनीहरुले सहकारीको माध्यबाट मुलुकको समग्र विकास टेवा पुग्ने भन्दै सहकारीहरुका विकासमा सवै सरोकारवालाहरुले ध्यान दिनुपर्नेमा समेत जोड दिएका छन् ।

कार्यक्रममा संस्थाका संस्थापक तथा महिला अधिकारकर्मि शुष्मा गिरी, वडा नम्वर ११ का वडा सदस्यहरु घनश्याम गौतम, सुवास डांगी, निर्मा चौधरी, खिमा कुमारी विक, वडा कार्यालयका सचिव भुवनेश्वर अधिकारी, जसपुर प्रहरी चौकीका ईन्चार्ज नेत्र वहादुर केसी हुलाक कार्यालय उरहरीका प्रमुख मिन वहादुर केसी, मितेरी वचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष हेमराज वली, पशुपति महिला वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रभा खड्का, अमर माथि उरहरीकी शिक्षीका वसुन्धरा अधिकारी, संस्थाका सेयर सदस्यहरु मिना खनाल, उर्मिला आचार्य लगायतले बोलेका थिए ।

साधारणसभामा संस्थका व्यवस्थापक सावित्रा चापाई वलीले आर्थिक प्रतिवेदन, संस्थाका सचिव रमा अधिकारीले प्रगति प्रतिवेदन र लेखा समितिका सदस्य सावित्रा ढकालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण संस्थाका कोषाध्यक्ष निर्मला महतराले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*