Home / Feature Breaking news / व्यवसायिक सुरक्षा पहिलो प्राथमिकताः डिआईजी शाह

व्यवसायिक सुरक्षा पहिलो प्राथमिकताः डिआईजी शाह

शरद रेग्मी
दाङ, २२ असार । ५ नं. प्रदेश प्रहरी प्रमुख सुरेशबिक्रम शाहले व्यवसायिहरुको सुरक्षा नेपाल प्रहरीले प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ ।

तुलसिपुर उधोग बाणिज्य सघले आईतबार आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै प्रहरी नायब महानिरिक्षक शाहले सुरक्षा बिना बिकास र सम्बृद्धि सम्भाव नभएको भन्दै आम ब्यबसायी र नागरिकको सुरक्षामा कुनै कमि हुन नदिने समेत प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै डिआईजी शाहले आफुले आफ्नो कार्यकालमा बोलेर भन्दा काम गरेर देखाउने समेत प्रष्ट पार्नुभयो ।
उहाले प्रदेश भित्रका हरेक समस्या र बिकासमा नेपाल प्रहरी हातेमालो गरेर अगाडि बढने समेत जानकारी दिनुभयो ।

कार्यक्रममा निबर्तमान अध्यक्ष बिमल रिजाल,सस्थापक अध्यक्ष डिल्लिबहादुर बस्नेत ,सल्लाहकार सुरेश हमाल,प्रेस सल्लाहकार शरद रेग्मी लगायतले शुभकामना ब्यक्त गर्दै यस क्षेत्रमा भएका घटनाक्रम र ब्यबसायिक सुरक्षामा विशेष चासो दिन ध्यानाकर्षण गराउनु भएको थियोे ।

सङघका बरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव रुपबहादुर खत्रीले गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*