Home / Feature Breaking news / होम डेलिभरीमा मुल्य वृद्धि गरिएको छैनः अध्यक्ष भुषाल

होम डेलिभरीमा मुल्य वृद्धि गरिएको छैनः अध्यक्ष भुषाल

घोराही, २४ चैत

विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड­१९) को संक्रमण नफैलियोस् भनेर सरकारले गरेको लकडाउनको समय सोमवार १४ दिन पुगेको छ । पहिलो पटक चैत ११ गतेदेखी १८ गते विहानसम्मको समय सरकारले लकडाउनको मिति तोकेको थियो ।

दोस्रोपटक चैत २५ गतेसम्म २४ सै घण्टा लकडाउन गरेसँगै अत्यावश्यक वस्तुहरुको व्यवस्थापनकालागि दाङ जिल्ला उद्योग वाणिज्य संघले अगुवाई गर्न सुरु गरेको छ । विहानको समय ६ देखी ९ बजेसम्म अत्यावश्यक वस्तु किन्नकालागि समय तोकिएपनि यो समयमा पसलहरुमा भिडभाड हुने र कोरोनाको जोखीम बढ्ने भएकाले उवासंघले होम डेलिभरीको सुरुवात गरेको हो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले खाद्यान्य, तरकारी, फलफुल, दुध दही, माछा मासु लगायतका सामाग्रीहरु घरैसम्म सेवा दिने गरि होम डेलिभरी सेवाको सुरुवात ग¥यो । घोराही उपमहानगरपालिकाभित्रका विभिन्न स्थानमा पुगेर सुविधा पनि दिईरहेको छ ।

तर यो सेवालाई कतिपयले दाङ जिल्ला उद्योग वाणिज्य संघको सिण्डीकेट भनेर व्याख्या गरे भने कतिपयले वस्तुहरुको मुल्य बढाएर कालोबजारी गर्न थालेको गुनासो पनि पोखे । सामाजिक सञ्जालमा त्यसको केही मात्रामा आलोचना पनि भयो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले भने कुनै पनि वस्तुको मुल्य वृद्धि नभएको बताएको छ । लकडाउन भन्दा पहिले जुन मुल्यमा वस्तुहरु विक्री भईरहेको थियो सोही मुल्यमा घरैसम्म सेवा दिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले जानकारी दिनुभयो ।

‘लकडाउनभन्दा पहिले जुन मुल्य थियो सोही मूल्यमा हामीले होम डेलिभरीको सेवा दिएका छौ’ अध्यक्ष भुषालले भने­ ‘यो संकटको समयमा ग्राहक ज्यूहरुलाई सुविधा दिनकालागि हामीले यो कामको सुरुवात गरेका हौँ, जसले गर्दा उहाँहरुले सहज रुपमै घरअगाडीबाट सामान खरिद गरिरहनु भएको छ ।’

लकडाउनको समयमा चालममा प्रतिकेजी १ रुपैया र आटा पीठोमा प्रतिकेजी २ रुपैयाका दरले मुल्य बढेको जानकारी दिनुभयो । मुल्य बढउनु आफूहरुको रहर नभई कम्पनीबाटै सोही अनुसार आएकाले केही मात्रामा बढेको र अन्य वस्तुको मुल्यमा कुनै वृद्धि नभएको उहाँले स्पष्ट पार्नुभयो ।

‘तरकारीको मुल्य अलि बढि भयो भन्ने गुनासो यताकता आएको छ तर पहिलेकै मूल्यमा हामीले ग्राहकहरुलाई प्रदान गरिरहेका छौ’­ ‘होम डेलिभरी सेवाबाट ग्राहकहरु अत्यन्त खुसी हुनु भएको छ । धेरै नगरबासीहरुले हामीलाई फोन गरेर धन्यवाद दिईरहनुभएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*