Home / Feature Breaking news / नारायणपुर महोत्सव : खेम सेञ्चुरीले नचाए दर्शक, बुधवार सुप्रीम र जानकी आउदै

नारायणपुर महोत्सव : खेम सेञ्चुरीले नचाए दर्शक, बुधवार सुप्रीम र जानकी आउदै

दाङ, १९ वैशाख । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा वैशाख १४ गतेदेखि २६ गतेसम्म ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८०’ मा आज मङ्गलबार छैठौं दिन गायक खेम सेञ्चुरीले दर्शकलाई मनाेरञ्जन दिएका छन् । नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि आयोजना गरिएको महोत्सवमा आज मङ्गलबार गायक सेञ्चुरी गीत गाउँदा दर्शकले उनीसँगै गीत मात्र गाएनन् छमछमी नाचेका पनि हुन् ।

गायक सेञ्चुरीले सुर्ती माड्दै माड्दै, कपलु काेरेर, कामी दाइकाे छाेराे, काँचाे बेलाउती,चार ताेलाकाे बाला लगायतका गीत प्रस्तुत गरेका थिए । महाेत्सव गायक माेती केसी, राजकुमार वली, गायिका अनु राना मगर गायिका शर्मिला अर्याल, बिमला भण्डारीको पनि प्रस्तुति रहेको थियो ।

एलिसा डान्स ग्रप काठमाडौंका नृत्यङ्गनाहरु एलिसा बराल, सीमा श्रेष्ठ र एन्जिला श्रेष्ठको पनि प्रस्तुति रहेको थियो । साथै महाेत्सवमा डिएमएस नारायणपुर डान्स ग्रुप र द लेभल अफ डान्स ग्रुपले पनि प्रस्तुति राखेका थिए । महोत्सवमा भोलि बुधबार जानकी तारमी र सुप्रिम मल्ल नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा भोलि बुधबार जानकी तारमी मगर र सुप्रिम मल्लकाे प्रस्तुति रहने छ ।

जानकी पछिल्लो चरणमा नेपाली सङ्गीतमा रूचाइएकी गायिका हुन् । जानकीका हरियाे कुर्ताले, भेनाकाे जातैले, छ्याप्पेै माया लै लै, ढाड दुखेर मार्याे, तरुनी कसाे गराैँ नि लगायतका गीत चर्चामा रहेका छन् ।

त्यस्तै गायक मल्लका धाेकेबाज हाै तिमी, जाऊ बाबु नभन्नु आमा, फापरकाे पिठाे पठाइदेऊ आमा, ओए काजल लगायतका तीत चर्चामा रहेका छन् । साथै भोलि महोत्सवको साताैँ दिन गायक शालिक क्षेत्री, राजकुमार वली, गायिका शर्मिला अर्यालको प्रस्तुतिसँगै एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ र सीमा श्रेष्ठको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक डिल्ली वलीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*