दाङ, १२ चैत
पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का विरामी भएको खबरले उनका शुभचिन्तकहरु चिन्तीत छन् । देशकै एक प्रभावशाली नेताको रुपमा छवी बनाएका खड्का गम्भीर विरामी परेको खबरले दाङ लगायत देशभर उनका शुभचिन्तकहरु चिन्तीत बनेका छन् ।
यसैक्रममा खड्काको शीघ्र स्वास्थ्य लाभको कामना सहित दाङमा विभिन्न स्थानमा ग्रहशान्ति चण्डीपाठ गरिएको छ । विभिन्न स्वास्थ्य समस्याका कारण भारतको ओपोलो अस्पताल दिल्लीमा उपचाररत खड्काको शीघ्र स्वास्थ्यलाभको कामना सहित खड्काको गृह जिल्ला दाङका विभिन्न स्थानहरुमा शुभचिन्तकहरुले पूजापाठ गर्ने गरेका छन् ।
सोमवार घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको अम्वीकेश्वरी मन्दिरमा नेविसंघ दाङ साविक क्षेत्र नम्बर ३ ले ग्रहशान्ति चण्डीपाठ गरेको छ । सोमवार विहान ५ जना ब्राह्मणहरुद्धारा ग्रहशान्ति चण्डीपाठ गरिएका हो । त्यस अवसरमा कांग्रेसका नेता कार्यकर्ता एवं खड्काका शुभचिन्तकहरुको सहभागिता रहेको थियो । पूजापाठमा सहभागिहरु भावुक मुद्रामा देखिन्थे ।
पूजापाठ पछि एक औपचारिक कार्यक्रमको आयोजना गरियो । जिल्लाको विकासदेखी राष्ट्रको विकाससम्ममा महत्वपूर्ण भूमीका निर्वाह गरेका नेता खड्काको उपचारमा सरकार र नेपाली कांग्रेस केन्द्रिय समिति मौन भएको भन्दै गम्भीर भएका उनीहरुले आक्रोश पोखेका थिए । दाङको विकासकालागि ठुलो योगदान गरेका खड्का अहिले गम्भीर विरामी भएकोमा दंगालीहरु चिन्तीत भएको उनीहरुको भनाई थियो ।
कार्यक्रममा कांग्रेसका क्षेत्रीय सभापति भुपबहादुर डाँगीले भावुक हुदै मन्तव्य दिए । उनलाई कार्यक्रम सञ्चालकले मन्तव्यकालागि उद्घोष गरेपनि मन्तव्य दिन सुरु गरेका डाँगी भावुक मुद्रामै बोल्न सुरु गरे । सम्बोधन गरिसकेर विषयमा प्रवेश गर्दा उनीको चेहरा बग्रिीसकेको थियो । उनी बोल्दै गर्दा कयौ पटक उनको गला नै रोकीयो । उनका आँखा रसाए । उनी बोल्न छोडेनन् । शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले खड्काको उपचारमा ध्यान दिन कांग्रेस केन्द्रिय समिति र नेपाल सरकारसँग जोडदार माग पनि गरे ।
भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः