Home / Feature Breaking news / ‘सभापति विरुद्ध गुटबन्दी गरेका छैनौं’ नेता सिंह

‘सभापति विरुद्ध गुटबन्दी गरेका छैनौं’ नेता सिंह

घोराही, ४ मंसिर । नेपाली कांगे्रसका नेता प्रकाशमान सिंहले आफूहरुले पार्टी नेतृत्वको बिरुद्धमा गुटबन्दी नगरेको बताएका छन ।

प्रेस युनियन दाङले मंगलबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिंहले बहुमतको नाममा पार्टीभित्र एकलौटी निर्णय गर्न थालेपछि पार्टी सभापतिलाई विधि सम्मत चल्न मात्र आगह गरेको बताए । नेता सिंहले देशमा संघयि लोकतान्त्रिक गणतन्त्र आइसकेको समयमा पार्टी पुरानै ढर्रामा चलेको हुँदा त्यसलाई आफूहरुले सुधारको प्रयास थालेको बताएका हुन ।

पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य समेत रहनुभएका नेता सिंहले पार्टीको नीति बिपरित सभापतिले काम गरेको आरोप लगाउनुभयो । ‘पार्टी नीति र विधिसम्बत हुनुपर्छ भन्ने हाम्रो आवाज छ’, उहाँले भन्नुभयो, ‘हामीले पाटीलाई सुधार गरेरै छोड्छांै ।’

उहाँले पार्टीको नेतृत्व शैली एवं विधान समेत एकात्मक भएको हुँदा त्यसलाई समेत लोकतान्त्रिक परिपाटीको निर्माण गर्न गृहकार्यमा जुटेको उनको भनाई थियो । पूर्वमहामन्त्री एवं उपसभापति समेत भइसकेका नेता सिंहले राष्ट्रिय राजनीतिको बारेमा आफ्नो धारणा राख्दै सरकारको विरुद्धमा चर्को रुपमा प्रस्तुत भएका थिए ।

सरकारले काम नगरे पनि संघीयता र संविधान कार्यान्वयनमा आफ्नो पार्टीले सधँैभरि सक्रिय भएर लागिरहने प्रतिवद्धता जनाए । साथै उहाँले कांग्रेसले सक्रिय प्रतिपक्षको भुमिका निर्वाह गर्न नसकेको भन्ने सञ्चारकर्मीको जिज्ञासामा आफूहरुले सडक, सदनमा दुवैमा आफूहरुको क्षमता र आवश्यकता अनुसार आवाज उठाइरहेको उनको भनाई थियो ।प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव आरके शितलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*