Home / साहित्य विशेष / असारलाई नेपाली भाषा साहित्यको महिनाको रुपमा मनाइने

असारलाई नेपाली भाषा साहित्यको महिनाको रुपमा मनाइने

बेनी (म्याग्दी), २ असार – म्याग्दीको बुद्ध एकेडेमीले नेपाली भाषाको एकीकरणकर्ताका रुपमा परिचित आदिकवि भानुभक्त आचार्यको जन्म महिना असारलाई नेपाली भाषा साहित्यको महिनाका रुपमा मनाउने भएको छ ।

बेनी नगरपालिका–२ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले असार महिनाभरि विद्यालयमा नेपाली भाषा र साहित्यसम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरी आदिकवि भानुभक्तको स्मरण गर्नुका साथै भानुभक्तद्वारा रचित नेपाली रामायणको वाचन गरेर भानुभक्तको जन्मजयन्ती मनाउने भएको हो ।

नेपाली भाषा साहित्यका मूर्धन्य व्यक्तित्व आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरी असार १ गतेदेखि सुरु भएको ‘असार:  नेपाली भाषा साहित्यको महिना’ कार्यक्रमको विद्यालयका प्रिन्सिपल राजेन्द्रप्रसाद सेढाईंले उद्घाटन गरेका हुन्  ।

असार महिनाभरि ‘घाँसी–भानुभक्त संवाद’, रामायण पाठ, कविता प्रतियोगिता, भानुभक्तद्वारा रचित ‘बधुशिक्षा’ को सान्दर्भिकता र समीक्षा, शिक्षक–विद्यार्थी प्रश्नोत्तर, अन्तक्र्रियालगायतका कार्यक्रम गरेर नेपालका आदिकवि भानुभक्त आचार्यको जन्मोत्सव मनाइने विद्यालयले जनाएको छ ।

विसं १८७१ असार २९ गते तनहुँको रम्घामा जन्मिएका भानुभक्त आचार्यले नेपाली भाषामा स्तरीय र उत्कृष्ट कविता काव्यको रचना गरेर नेपाली भाषा साहित्यको श्रीवृद्धि गरेका हुन् ।

धार्मिक, आध्यात्मिक र नैतिक भावधारालाई नेपाली जनमानसमा पुर्याएर समस्त नेपाली भाषालाई एकताको मालामा उन्ने काम गरेका आदिकवि भानुभक्त आचार्यको विसं १९२५ मा मृत्यु भएको थियो ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*