१. उडेर गएको चराले केवल यति नै देख्यो
अबेरसम्म हात हल्लिरह्यो त्यो हाँगामा
अलविदा भन्न ? वा नजिक बोलाउन ?
२. भिजे-भिजे जस्तो किन छ अखबार
पत्रिका बाँड्ने हकर भोलिदेखि अर्कै राख !
‘यो वर्ष पाँच सय गाउँ बगायो’
३. रातको रुखमा हिजो मात्रै त उसलाई देखेको थिएँ –
चन्द्रमा खस्नै लागेको थियो आकाशबाट पाकेर
सूर्य आएको थियो, उसको तलाशी लिन
४. के थाहा कहिले कहाँ मार्छ ?
बस्, म जिन्दगीदेखि डराउँछु
मृत्युलाई त के छ र, एक पटक मार्छ
(गुलजारको त्रिवेणी सङ्ग्रहबाट अनुवाद गरिएको ।)