Home / Feature Breaking news / लुम्बिनी प्रदेश स्तरिय प्रदर्शनी- कलाकारसँगै नाचे नेता र जनप्रतिनिधी

लुम्बिनी प्रदेश स्तरिय प्रदर्शनी- कलाकारसँगै नाचे नेता र जनप्रतिनिधी

घोराही, ९ फागुन

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा सातौ दिन केन्द्रिय कलाकारहरुसँगै अतिथि नेताहरु पनि छमछमी नाचेका छन् ।

“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा सातौ दिन गायक खेम सेञ्चुरीको प्रस्तुतिमा प्रदेश तथा जिल्लाका नेताहरु छमछमी नाचे । प्रदर्शनीको सातौ दिन नेपाली सांगितीक क्षेत्रका गायक खेम सेञ्चुरीको गीतमा राजनितिक दलका नेता तथा जनप्रतिनिधीहरु स्टेचमै छमछमी नाचे ।

नेपाल सरकारका पूर्व सिचाई राज्य मन्त्री एवं नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसँगै नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डि.सी छमछमी नाच्नुभयो । सेञ्चुरीले प्रस्तुत गरेका रम रम मरौटी, झ्यालमा पर्दा छ जस्ता चर्चीत गीतमा उहाँहरु नाचेर कलाकार र आयोजकलाई हौशला प्रदान गर्नुभएको थियो । उहाँको साथमा महिला उद्यम समिति लुम्बिनी प्रदेशका अध्यक्ष शान्ती शर्मा, नेपाल घरेलु तथा साना उद्योग महासंघका लुम्बिनी प्रदेश सल्लाहकार किरण रेग्मी लगायतका अतिथिहरुले पनि नाचेर कलाकारहरुलाई साथ दिनुभयो ।

अतिथिहरुलाई आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँ, सचिवालय संयोजक लब अधिकारी, अनुगमन तथा मुल्यांकन समितिका संयोजक श्रीमन न्यौपाने लगायतले माला लगाएर स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा कलाकार खेम सेञ्चुरीले चर्चीत गीतहरु ‘नारी जातको ईज्जत गर, सुर्ति माड्दै माड्दै गयो जोवन, रमरम मरौटी, दिलमा तिम्रै फोटो छ, झ्याप्पै माया लै लै, झ्यालमा पर्दा छ, डालीमा सुगा र मैना छ’ लगायतका गीतहरु प्रस्तुत गर्नुभएको थियो । सातौ दिन सेञ्चुरीसँगै कलाकारहरु, खड्ग शर्मा, ऋतु कडेल, आशा बि.सी, राजेन्द्र चौधरी लगायतले आफ्नो प्रस्तुति राख्नुभएको थियो ।

प्रदर्शनीमा जिल्ला स्तरिय लोकदोहोरी प्रतियोगीता र लोक नृत्य प्रतियोगीता जारी छ । जस अन्तरगत लोकदोहोरी गीत प्रतियोगीताको सेमीफाईनल खेल बुधवार हुने भएको छ । सेमीफाईनल अन्तरगत फाईनलकालागी बुधवार लोक तथा दोहोरी गीत प्रतिष्ठान बी र देउराली दोहोरी साँझ एवं लोक तथा दोहोरी गीत प्रतिष्ठान ए र बागीना कला पुञ्जबीच प्रतिस्पर्धा हुने छ ।

यस्तै लोकनृत्य प्रतयोगीता अन्तरगतग गोरखा ईङ्लीस बोर्डिङ स्कूल, पर्ल एकेडेमी, मदन भण्डारी मेमोरियल, मेरिल्याण्ड स्कूल, सरस्वति मावि काठेकोहलले मंगलवार प्रस्तुति राख्नुभएको थियो भने बुधवार जनज्योति बोर्डिङ स्कूल, लिटील एञ्जल बोर्डिङ स्कूल र अल्फा बोर्डिङ स्कूलको प्रस्तुति रहने प्रतियोगीताको व्यवस्थापन गरिरहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङका अध्यक्ष राजेन्द्र दाहालले जानकारी दिनुभयो ।

बुधवारको कलाकारहरु
प्रदर्शनीमा बुधवार पनि चर्चीत कलाकारहरुको प्रस्तुति रहने भएको छ । आठौँ दिन गायीका अस्मीता अधिकारी, मोडल करिस्मा ढकाल, दोहोरी गायीका अस्मीता डल्लाकोटी, देबेन्द्र बस्नेत, अस्मीता पुरी लगायतका कलाकारहरुको प्रस्तुति रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*