Home / Feature Breaking news / प्रचण्ड नेकपामा कार्यकारी अधिकारसहितको अध्यक्ष

प्रचण्ड नेकपामा कार्यकारी अधिकारसहितको अध्यक्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकारी अधिकारसहितको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बनाइएको छ । नेकपा सचिवालय बैठकले बुधबार यस्तो निर्णय गरेको हो ।

यसअघि केपी शर्मा ओली नै कार्यकारी अध्यक्ष भूमिका निर्वाह गरेका थिए । तर पनि बैठकको अध्यक्षता संयुक्त गर्ने गरिएको थियो ।

“कार्यकारी अधिकारसहितको पार्टीको नेतृत्व प्रचण्डले गर्ने कुरामा सहमति जुटेको छ,” प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै भने, “एकजनाले सरकारको नेतृत्व र अर्कोले पार्टीको नेतृत्व गर्नुहुनेछ ।” तर दुवै नेताको वरीयता भने बराबर हुनेछ । पार्टी र सरकार सञ्चालन दुवै नेताको सहमति, सल्लाह र समझदारीमा हुनेछ ।

“बैठकले अध्यक्षद्वयको कार्यविभाजन गरेको छ । तर वरीयताक्रम यथावत रहनेछ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारको काममा केन्द्रित हुने र प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुनुहुनेछ । बैठकको अध्यक्षता संयुक्त गर्ने र सञ्चालन अध्यक्ष प्रचण्डले गर्ने विषयमा समझदारी जुटेको छ,” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*