Home / Feature Breaking news / फुर्सेखालीमा भेटिएको बम नेपाली सेनाद्धारा निष्कृय

फुर्सेखालीमा भेटिएको बम नेपाली सेनाद्धारा निष्कृय

घोराही,२५ मंसिर । घोराही उपमहानगरपालिका वडा नं.१८ स्थित फुर्सेखालीमा भेटिएको बमलाई नेपाली सेनाको रिपुमर्दन गणको टोलीले निष्कृय बनाएको छ ।
फुर्सेखाली स्थीत नेपाली सेनाको ब्यारेक नजिकै राखिएको कुकुर प्रेसर बमलाई रिपुमर्दन गण घोराहीको बम डिस्पोजल समुहले निष्कृय बनाएको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख रञ्जन अवाले जानकारी दिए ।

बम तत्कालिन नेकपा माओवादीको सशस्त्र द्वन्द्वको क्रममा नेपाली सेनाको व्यारेकलाई लक्षित गरेर राखिएको प्रहरीको अनुमान गरेको छ । सोमवार विहान घाँस काट्न गएको स्थानीयवासीहरुले उक्त ठाउँमा शंकास्पद बस्तु भेटेको जानकारी गराएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घट्नास्थल पुगेर उक्त बमलाई निष्कृय बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*