Home / Feature Breaking news / जग्गा बिवादले घोराहीको मुख्य सडक आधा पिच–आधा ग्राभेल

जग्गा बिवादले घोराहीको मुख्य सडक आधा पिच–आधा ग्राभेल

लिलाधर वली
दाङ,१२ साउन । घोराहीको मुख्यचोकदेखि पश्चिमतिरको ३० मिटर सडक मध्य आधा सडक मात्र पिच छ । आधा सडक ग्राभेल गरिएको छ । ग्राभेल गरिएको सडकमा खाडल परेका छन । बर्षादमा पानी पर्दा खाडलमा पानी जाम हुनाले घोराहीको मुख्यचोकमै मानिसलाई हिडडुल गर्न समस्या हुने गरेको छ ।

घोराहीको तुलसीपुरचोकदेखि पश्चिमतिरको करिव सय मिटर सडक विस्तारसँगै कालोपत्रे गर्ने गरि २०७२–०७३ मा बिजय बिल्डर्स निर्माण सेवासँग सडक डिभिजन कार्यालयले सम्झौता गरेको थियो । तर सम्झौता भएको लामो समय वितिसक्दा समेत सडक निर्माणले पूर्णता पाउन सकेको छैन । सडक विस्तरले पुर्णता नपाउँदा बजारको मुख्य सडक नै कुरुप देखिएको छ ।

सडकको ३० मिटर चौडाई मध्य दक्षिणतिरको १५ मिटर सडक कालोपत्रे भएको छ बाँकी उत्तरतिरको १५ मिटर पिच हुनसकेको छैन । ‘सडक कालोपत्रे नहुँदा पानी नपर्दा धुलो उड्ने र पानी पर्दा हिलोले हिड्नै नसक्ने हुन्छ’,घोराहीका सन्तोष शर्माले भने,‘बजारको मुख्य चोकमै सडकको हालत विग्रदा राम्रो देखिएन ।’ सडक ग्रोभेल भएको लामो समयसम्म पिच नहुदा सडकमा खाडल समेत बढ्दै गएका छन । जसले गर्दा सवारी चलाउन समेत समस्या हुने गरेको छ । त्यही सडकमा भएका खाडलका कारण दुर्घटना हुने समेत सम्भावना बढेको शर्माले बताए ।

सम्झौता अनुसार निर्माण पक्षले काम गर्दै गर्दा घोराही–१५ तुलसीपुर चोक निवासी सावर्णी बहादुर बस्नेतले २०७३ बैशाख २१ गते तत्कालिन पुनरावेदन अदालत (हाल उच्च अदालत) मा मुद्धा हालेका थिए । उनले मुद्धा दर्ता गरेको १५ महिना पछि २०७३ भदौको २८ गते अदालतले सडक विस्तारको काम भईरहेको जग्गा बस्नतेको नाममा रहेको भन्दै सडक निर्माणको काम नगर्नु नगराउनु भन्ने आदेश गरेको थियो । २०७४ साल भदौ महिनादेखि रोकिएको सडक विस्तार अझै सुरु हुन सकेको छैन ।

उच्च अदालतको पैसा पुनरावेदनका लागि सडक डिभिजन कार्यालय दाङले २०७४ माघ ८ गते सर्वाेच्च अदालतमा पुरावेदन गरेका छन । तर सर्वाेच्चले कुनै पैmसल्ला गरेको छैन । जसले गर्दा सडक के गर्ने भन्ने समेत टुङ्गो लाग्न नसकेको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी लिलाबहादुर भण्डारीले बताए । सडक विस्तारका लागि नाला निर्माणसँगै ग्राभेल समेत भैइसकेको छ । उनका अनुसार उक्त स्थानमा सडक विस्तारको ६२.५७ प्रतिशत काम सम्पन्न भएको छ । निर्माण पक्षसँग ३८ लाख ५५ हजार रुपैयामा काम गर्ने गरि सम्झौता भएको कार्यालयले जनाएको छ ।

‘अदाललतले व्यक्तिको नाममा पैmसल्ला गरिदिएपछि सडक विस्तारको काम रोकिएको हो’,सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी भण्डारीले भने,‘अहिले सर्वोच्चमा मुद्धा छ,फैसल्ला नहुदासम्म काम हुने अवस्था छैन ।’ अदालतले फैसल्ला कुरेको भन्दै अदालतले सडक विस्तारको कामलाई निरन्तरता दिन आदेश दिए रोकिएको काम बन्ने भण्डारीले बताए । काम पुरा नहुदाँ निर्माण पक्षको समेत भुक्तानी रोकिएको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*