Home / Feature Breaking news / कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन विजयी

कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन विजयी

दाङ,२० मंसिर । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर समूहका अमरसिंह पुन मगर विजयी भएका छन् ।

उनले संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतको अन्तरले पराजित गर्दै लुम्विनी प्रदेश सभापतिमा बिजयी भएका हुन् । सभापतिमा विजयी पुनले ८ सय ५२ मत ल्याएका छन भने पराजित शाहले ७ सय ६७ मत पाएका छन् ।

पदाधिकारीमा एक उपसभापति बाहेक सबै पुन प्यानलका उम्मेदवार विजयी भएका छन् । दुई उपसभापतिमा संस्थापन इतर समूहका भुवन श्रेष्ठ (८४७) र संस्थापन पक्षका राजु खनाल (७९२) मत ल्याएर विजयी भएका हुन संस्थापन इतरका अष्टभुजा पाठक (७७२) र संस्थापनका सुधाकर पाण्डे (६६१) ल्याएर पराजित भए ।

त्यस्तै महामन्त्रीमा विक्रम खनाल ८ सय ४४ र सुरेन्द्रराज आचार्यले ८ सय ३९ मत ल्याएर विजयी भएका छन् । महामन्त्रीमा संस्थापनका खिमानसिंह रायमाझी (६५१) र जन्मजय तिमिल्सेना (७०९) मत ल्याएर पराजित भएका हुन ।

खुल्ला सहमहामन्त्रीमा बिष्णु खनाल मुस्कान ८ सय ५९ र खगराज पाण्डे ७ सय ७६ विजयी भएका छन । सहमहामन्त्रीमा माया पुन र लक्ष्मीनारायण शाह पराजित भएका छन् । महिला सहमहामन्त्रीमा निमा गिरी ८ सय ३० मत ल्याएर विजयी भएकी छन् । उनले संस्थापन पक्षकी सरिता चौधरीलाई पराजित गरिन् । चौधरीले ६ सय ८७ मत ल्याएर थिइन । निर्वाचनमा १६ सय ३१ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*