Home / Feature Breaking news / दाङ उवासंघको मतदान आज : बसन्त जोशीद्वारा मतदानमा सहभागी हुन अपील

दाङ उवासंघको मतदान आज : बसन्त जोशीद्वारा मतदानमा सहभागी हुन अपील

दाङ जिल्ला उद्योग वाणिज्य संघको आज शनिवार मतदान हुदैछ । मतदानकालागी अध्यक्ष पदका उम्मेद्वार बसन्त जोशीले सम्पूर्ण उद्योगी व्यवसायी मतदाताहरुमा अनुरोध गर्नुभएको छ ।

अध्यक्षका उम्मेद्वार जोशी लेख्नुहुन्छ–

नमस्कार
आज असोज १३ गते अर्थात उद्योगी व्यवसायीहरुको अभिभावक संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन गर्ने शुभ दिन ।

लामो समय व्यवसायिक क्षेत्रमा आवद्ध भएर काम गरेको कार्यानुभव, व्यवसायिक संघसंस्थाको लामो समय नेतृत्व गरेको अनुभव र धेरै उद्योगी व्यवसायीहरुको सल्लाह अनुसार म बसन्त जोशी दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष पदको उम्मेद्वार भएको तपाई सम्पूर्णलाई जानकारी नै छ ।

संस्थागत विकास र व्यवसायिक हकहितकालागी दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्वकालागी आफूलाई योग्य र सक्षम भएको महशुस गर्दै निर्वाचनमा होमीएको छु । मेरो महशुसलाई सार्थकता दिने जिम्मा यहाँहरुको हातमा छ ।

निर्वाचन प्रचारप्रसारका क्रममा सम्पूर्ण उद्योगी व्यवसायी ज्यूहरुलाई भेट गर्ने उद्धेश्यकासाथ घरदैलो गरेका छौ । घरदैलोका क्रममा कतिपय उद्योगी व्यवसायी ज्यूहरुसँग भेट हुन पाएन होला । तपाईहरुलाई भेट्ने तीव्र ईच्छाशक्ती हुँदा पनि सबै मतदाता उद्योगी व्यवसायी ज्यूहरुलाई भेट्न पाएन होला ।

उद्योगी व्यवसायीहरुको छाता संगठन दाङ जिल्ला उद्योग वाणिज्य संघको अघिल्ला अधिवेशनमा उद्योग सदस्य एवं उद्योग उपाध्यक्ष पदमा सम्पूर्ण मतदाता ज्यूहरुले लोकप्रीय मत दिएर बिजयी गराएको स्मरण ताजा नै छ ।

आज हुने मतदानमा पनि म बसन्त जोशी लगायत मेरो नेतृत्वमा रहेको संयुक्त व्यवसायी प्यानलका सम्पूर्ण उम्मेद्वार ज्यूहरुलाई अमूल्य मत दिएर बिजयी बनाउनुहुन हार्दिक अनुरोध गर्दछु ।

व्यवसायिक हकहित र संस्थागत विकासमा यहाँहरुले गरेको अपेक्षा एवं प्रचारप्रसारका क्रममा मैले गरेको प्रतिवद्धता पुरा गर्नकालागी बिजयी पश्चात लागीपर्ने प्रतिवद्धता सहित सम्पूर्ण उद्योगी व्यवसायी मतदाता ज्यूहरुलाई आजको मतदानमा सहभागी भई आफ्नो अमुल्य मत सदुपयोग गर्न हार्दिक अपील गर्दछु । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*