Home / समाचार / आर्थिक पादरर्शीता र व्यवसायिक हकहितकालागी मेरो उम्मेद्वारी : माधव खनाल

आर्थिक पादरर्शीता र व्यवसायिक हकहितकालागी मेरो उम्मेद्वारी : माधव खनाल

व्यवसायीहरुको हरेक दुखसुखमा साथ दिने व्यवसायी नेता हुन् माधव खनाल । विभिन्न वस्तुगत समितिको पदाधिकारी र दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्य भएर व्यवसायीक हकहितकालागी लागीपर्ने व्यवसाइ खनाल प्युठान जन्मीएका हुन् । १० बर्षको उमेरमा २०५३ मा दाङ बसाइँ सराई हापुरमा आउका खनाल करिब ६ बर्ष काठमाडौमा फेन्सी व्यवसाय गरे । उनले २०६५ बाट दाङमा फेन्सी व्यवसाय सुरु गरे । फेन्सी व्यवसाय गर्दै गर्दा उनी २०६८ मा दाङ जिल्ला उद्योग वाणिज्य संघमा आवद्ध भए ।

बस्तुगत समिति अन्तर्गत फेन्सि व्यवसायी समितिमा २०७१ बाट नेतृत्व सुरु गरेका खनालले सदस्य, सह–सचिब–व हुँदै सचिव भएर सफलतापूर्व जिम्मेवारी पुरा गरे । २०७७ सालमा पुस १३ गते भएको दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यसमिति बनेका खनाल जिल्ला सहकारी संघ दाङको बरिष्ठ उपाध्यक्ष, कलश सहकारीको कार्यसमिति सदस्य तथा ऋण उप–समिति संयोजक, सर्बाेत्तम बहुउद्देश्यीय सहकारीको निवर्तमान कोषाध्यक्ष र सर्बोत्तम सहकारीले सञ्चालन गरेको सहकारी बजारको संचालन प्रमुख भएर जिम्मेवारी बहन गरिरहनुभएको छ ।

शिक्षा क्षेत्रमा पनि सक्रिय खनाल ज्योतिपुञ्ज आवासीय मा.वि घोराही र ज्योतिपुञ्ज मोडल रामपुरको सञ्चालक भएर काम गरिरहनुभएको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्य एव वस्तुगत समितिको पदाधिकारी भएर व्यवसायी नेतृत्वमा माझीएका खनाल व्यापारी र घरबेटीका बिचमा सटरमा देखीयका समस्याको समाधान, व्यापारी र टान्सपोट बिचमा हुने समस्याको समाधान, घर छलि गर्ने झोलेपोके व्यापारी नियन्त्रण, केही सहकारीमा देखिएका समस्याका कारण व्यापारीहरुको बचत र शेयर फिर्ता गर्नको लागि अग्रणी भूमिका निर्वाह गरेका खनाल असोज १३ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको सहकोषाध्यक्ष पदकालागी चुनावी मैदानमा छन् ।

व्यापारीहरुको मिसम्याच परेको र सरकारले छुट दिएको बेला व्यवसायीहरुसँग समन्वय गरि धेरै ब्यापारीको समस्या समाधान गर्न सफल भएका खनाल संघको हरेक बजार सचेतना कार्यक्रममा अग्रपंक्तिमा खटेर काम गरेका थिए । उदोग वाणिज्य संघको आर्थिक पारदर्शीतालाई विशेष जोड दिने खनाल सहकोषाध्यक्ष भएर संस्थालाई थप बलियो बनाउनकालागी उम्मेद्वार बनेको बताउछन् ।

उनी उम्मेद्वार हुदै गर्दा व्यवसायिक समस्या समाधानकालागी विभिन्न कार्यहरु गर्नुपर्ने बताउछन् । नापतौलको कार्यलय दाङमा राख्न पहल गर्ने, उधोग वाणिज्य संघको मातहातमा रहने गरि सहकारी संचालन गर्ने र साना ब्याबसायीहरुलाई व्यापारमा सहजता ल्याउन र थोरै थोरै ऋण प्रभाह गर्ने, घरबेटी र भाडामा बस्ने व्यवसायीबिचमा रहेको भाडा बृद्धिलाई वैज्ञानिक तरिकाले वृद्धिगर्न पहल गर्ने, बजार ब्यबस्थापन र सरसफाइमा विशेष पहल गर्ने, बस्तुगत समितिलाई सक्रिय बनाएर समितिको साथमा संघले झोलेपोके नियन्त्रणमा थप पहल गर्ने, खुल्ला भन्सारलाई व्यवस्थित गर्दै बिना भन्सार सामान वसारपसारमा कडाइ गर्न संम्बन्धित निकाय संग विशेष पहल गर्ने, अन्डर विलिङ बाट हुन आउने मिसम्याचको समस्या लाई खरिद र बिक्री बिलहरु व्यवस्थित गर्न व्यापारीहरुलाई विशेष तालिम र प्रशिक्षणको निरन्तर व्यवस्था गर्ने लगायतका योजनाकासाथ उम्मेद्वार बनेका खनालले आफूलाई मत दिएर बिजयी बनाउन सम्पूर्ण मतदाता उद्योगी व्यवसायीहरुमा अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*