Home / समाचार / व्यवसायीको मन जितेका महेन्द्र

व्यवसायीको मन जितेका महेन्द्र

व्यवसायिक कुशलता अनि युवा उर्जा भएका व्यवसायी महेन्द्र बुढाथोकी एक सक्षम नेतृत्व पनि हुन् । व्यवसायीहरुको साझा संस्था दाङ उद्योग बाणिज्य संघको महासचिव रहेका बुढाथोकी आगामी असोज १३ गते हुने निर्वाचनमा उनले पुनः महासचिवमै उम्मेदवारी दिएर व्यावसायिक हक, हितका लागि अझ धेरै परिपक्को नेतृत्वदायी भूमिका निर्वाह गर्ने अनुभव संगालेका छन् ।

उद्योग बाणिज्य संघमा एक कार्यकाल सदस्य र महासचिव रहेका महेन्द्र परिश्रमी, संघर्षसिल र जुझारु नेतृत्वमा उदयमान प्रतिभा हुन । रुकुममा जन्मेर दाङलाई कर्म थलो बनाएका महेन्द्रले कामबाट काम सिक्दै माथि उक्लेका युवा व्यवसायी हुन् । सामाजिक र राजनीतिक चेतनाबाट माथि उठेका महेन्द्र अहिलेको व्यावसायी पुस्तामा सफल व्यवसायीको परिचय बनाइसकेका छन । शुरुका दिनहरुमा होटलको म्यानेजर, मकालु पोल्ट्री फिडमा जागिरे हुँदै आफनै व्यावसायमा हात हालेका महेन्द्रले पोल्ट्री सोलुसन, बुढाथोकी पोल्ट्री फिड संचालनमा ल्याएका छन भने होटेल व्यावसाय र शिक्षा क्षेत्रमा समेत उनले लगानी गरेका छन् । उनी सफल युवा नेतृत्वमा आफनो दायरालाई फराकिलो बनाउँदै गइरहेका छन् । सबैसँग सहकार्यको हात बढाउन सक्ने महेन्द्रले संकट परेको बेला सामाजीक क्षेत्रमा आफनो क्रियासिलतालाई बढाउनमा कुनै सम्झौता गदैनन् ।

व्यवसायीहरुलाई मन जितेर आफनो लोकप्रियतालाई बढाइरहेका महेन्द्रले चुनावी प्रतिष्प्रर्धामा पुनः आफूलाई महासचिव पदकै उम्मेदवारमा उभ्याएका छन्। सडक व्यापारीहरुको उचित व्यवस्थापन, साना व्यापारीहरुको समस्याको पहिचान र समाधान, साना मझौला तथा ठुला उद्योग संचालन र सम्भाव्यता अध्ययन,बजार व्यवस्थापन लगायतका कामहरुमा उनले उल्लेखिय भूमिका खेलेका छन् ।

आर्थिक संकटमा व्यवसायी परिरहेका बेला उनीहरुलाई व्यवसायमा टिकाइराख्न आफूले खेल्ने भूमिकाको अझ बढि आवश्यकक्ता बोध गरी उनी अर्को कुनै ठुलो पद नखोजी महासचिवबाटै उद्योग बाणिज्य संघलाई योगदान दिन सक्छु भनि उनी मतदाताको माझ घरदैलोमा पुगिराखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*