दाङ, २१ जेठ
शान्तिनगर गाउँपालिकामा आधारशीला तालिम आजदेखी सुरु भएको छ । गाउँपालिकामा सञ्चालित कृषी र पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास साझेदारी परियोजना अन्तरगत गठीत मूल समितिकालागी तालिम सुरुवात गरिएको हो ।
शान्तिनगर गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको सहकार्यमा सञ्चालित परियोजना अन्तरगत गाउँपालिकाको वडा नम्बर ६ बाट तालिमको उद्घाटन गरिएको छ ।
शान्तिनगर गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष शेरबहादुर भण्डारीको अध्यक्षता एवं शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष ताराबहादुर वली, नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
परियोजना संयोजक यादव चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सामुदायिक सहजकर्ता सुनिल जिसीले गर्नुभएको थियो ।