Home / Feature Breaking news / ढिलो चाँडो एमालेमा रहेकाहरु आफ्नो पार्टीमा आउने माधव नेपालको दावी

ढिलो चाँडो एमालेमा रहेकाहरु आफ्नो पार्टीमा आउने माधव नेपालको दावी

दाङ,१ असोज । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले भ्रमका कारण एमालेमै रहेका नेताहरु ढिलो चाँडो आफ्नो पार्टीमा आउने दावी गरेका छन् ।

शुक्रवार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले कतिपय मानिसहरु अल्मलिएर एमालेमै बसेको भन्दै असल भावना भएका मानिसहरु ढिलो चाडो एकीकृत समाजवादीमा आउने बताएका हुन् ।

उनले विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरु समाजवादीमा रुपान्तरित भइरहेको भन्दै आफ्नो पार्टी नितान्त नयाँ नभएको उल्लेख गरे । पार्टीको ७७ वटै जिल्लामा संगठन बनिरहेको पनि उनले बताए । उनले भने, ‘पार्टीको ७७ वटै जिल्लामा संगठनहरु बनिरहेका छन् । हिजो हामीले २०७७ चैत्र ४ र ५ गते पश्चात बनाएका पार्टी र सबै जनवर्गीय संगठनहरु रुपान्तरित भइरहेका छन् ।

त्यस अर्थमा यो नितान्त नयाँ पार्टी होईन । पुरानो पार्टी भित्रको क्रान्तिकारी धारले, नेकपा९एमाले० भित्रको क्रान्तिकारी धारले सुरु गरेको यो पार्टीको नयाँ यात्रा हो । क्रान्तिकारीहरु, परिवर्तनकारीहरु, इमान्दार र निष्ठावानहरु अहिले यो पार्टीमा आवद्ध भएका छन् । कतिपय मानिसहरु अझै त्यहाँ अल्मल्लिएका होलान्, असल मानिसहरु पनि भ्रमवश बसिरहेका होलान् । असल भावना भएका मानिसहरु पनि । ति व्यक्तिहरुले ढिलो चाडो हाम्रो यो पार्टीमा आउनैपर्छ । उहाँहरुलाई हामी स्वागत गर्नेछौँ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*