Home / Feature Breaking news / क्रियाशील सदस्यता विवाद टुंग्याउन कांग्रेस शीर्ष नेताहरु छलफलमा

क्रियाशील सदस्यता विवाद टुंग्याउन कांग्रेस शीर्ष नेताहरु छलफलमा

काठमाडौं, १ असोज । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद टुंग्याउन शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छलफलमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला लगायतका नेताहरु छन् ।

प्रदेश २ का ८ सहित १३ जिल्लाको क्रियाशील सदस्यता टुंग्याउन बाँकी छ । डडेल्धुरामा देखिएको विवादबारे पनि नेताहरुबीच छलफल हुने एक नेताले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*