Home / Feature Breaking news / गाउँमै भिडियो एक्सरे सेवा

गाउँमै भिडियो एक्सरे सेवा

दिप्तिशिखा चौधरी

दंगीशरण,१ असोज । दंगीशरण गाउँपालिका–६ मा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्र श्रीगाउँमा भिडियो एक्सरे सेवाको उद्घाटन गरिएको छ ।

शनिवार एक कार्यक्रमकाबिच दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले भिडियो एक्सरे सेवाको उद्घाटन गरेका हुन । अध्यक्ष चौधरीले रिवन काटेर भिडियो एक्सरे सेवाको उद्घाटन गरेका हुन । पहिलो पटक पश्चिम क्षेत्रमा भिडियो एक्सरे सेवा पुगेपछि दुरदराजका नागरिकहरुलाइ सहज हुने विश्वास व्यक्त गरिएको छ ।

अध्यक्ष चौधरीले दंगीशरणमा सेवा सुचारु भएपनि अव पश्चिम क्षेत्रका विपन्न वर्ग तथा विकट वस्तिका नागरिकहरुलाई समयमै नजिकै सेवा लिन सक्ने बताएका थिए । स्वास्थ्य केन्द्र सञ्चालन ब्यवस्थापन समितिका अध्यक्ष एंव वडा न.६ का वडा अध्यक्ष टंकबहादुर वलीको अध्यक्षता एंव गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमुख आतिथ्यता तथा गाउँपालिका प्रवक्ता एंव वडा न. ७ का वडा अध्यक्ष वीर बहादुर वलीको विशिष्ट आतिथ्यतामा भएको हो ।

स्वास्थ्य केन्द्र श्रीगाउँ स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा स्वास्थ्य केन्द्रका डा. कृष्ण घर्ती र डा.बुद्धि कुमारी बुढा मगरबाट लिन सकिनेछ । लामो समयपछि स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा ल्याउन सफल भएको श्रीगाउँ स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट दोर्ण वलीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*