Home / समाचार / नारायणपुरमा फुटबल प्रतियोगिता हुने

नारायणपुरमा फुटबल प्रतियोगिता हुने

दाङ, ३० भदौ । नारायणपुरमा चौथो नारायणपुर कप–२०७८ फुटवल प्रतियोगिता हुने भएको छ । युबाहरुलाई एकीकृत गरि खेलकुद क्षेत्रको बिकास गर्ने उदेश्यले राष्ट्रिय युबा संघ नेपाल घोराही उपमहानगरपालिका वडा न १० को आयोजना तथा न्यू स्टार फुटबल एकेडेमी नारायणपुरको समन्वयनमा घोराही नगरस्तरिय चौथो नारायणपुर कप २०७८ फुटबल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगीता यही असोज १६ गतेदेखि नारायणपुरको बिपी बाटिका खेलमैदानमा हुने भएको छ । घोराही उपमहानगरपालिका वडा न १ देखि १९ वडाभित्र वडाका टिमहरुले सहभागिता हुन पाउने आयोजक न्यू स्टार क्लवले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजारसहित कप, मेडल र प्रमाण पत्र तथा द्वितीय हुने टिमलाई १५ हजार मेडल प्रमाणपत्र प्रदान गरिने भएको छ ।

प्रतियोगितामा उत्कृष्ट बिधाका खेलाडीहरुलाई उचित पुरुस्कारको ब्यबस्था गरिने छ । घोराही उपमहानगरपालिकाभित्र पर्ने वडाका खेलाडी मात्र सहभागी हुन पाउन व्यवस्था गरिएका अयोजकले जानकारी गराएको छ । प्रतियोगितामा दर्ता शुल्क ४ हजार रहेको छ । यसका लागि असोज १४ गतेसम्म रहने छ । साथै उक्त प्रतियोगिता कोरोनाको लहरलाई मध्य नजर गर्दै सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुने आयोजकले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*