Home / Feature Breaking news / एकीकृत समाजवादी लुम्बिनी प्रदेशको अध्यक्षमा मेटमणि चौधरी

एकीकृत समाजवादी लुम्बिनी प्रदेशको अध्यक्षमा मेटमणि चौधरी

दाङ,२ असोज । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश समितिको अध्यक्षमा मेटमणि चौधरी चयन भएका छन् । शुक्रबार बुटवलमा बसेको पार्टीको प्रदेशस्तरीय भेलाले दाङबाट प्रतिनिधिसभामा निर्वाचित चौधरीको अध्यक्षतामा प्रदेश कमिटी गठन गरेको हो ।

सचिवमा रुपन्देहीका राजु गुरुङ चयन भएका छन् । प्रदेश समितिको सचिवालयमा प्रदेशका १२ वटै जिल्लाका अध्यक्षहरु पदेन सदस्य रहेका छन् ।
यही असोज ५ गते हुने केन्द्रीय कमिटीको बैठक र प्रदेश भेलापछि प्रदेश समितिलाई पूर्णता दिइने सचिव राजु गुरुङले जानकारी दिएका छन । भेलाले असोजभित्र लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा भेला र बैठकहरु गरी वडा तहसम्म संगठन विस्तार गर्ने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादीको दाङ अध्यक्षमा बेलबासे

नेकपा एमालेबाट बिभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीको दाङ जिल्ला अध्यक्षमा सुरामणि बेलबासे चयन भएका छन् ।

शुक्रवार सम्पन्न लुम्बिनी प्रदेश समितिको बैठकले बेलबासेलाई अध्यक्षमा मनोनयन गरेको हो ।

यसअघि बेलबासे एमाले दाङको उपसचिव रहेका थिए । संगठनमा निकै मेहनती र स्थापित बेलबासे बौद्धिक नेताको रुपमा चिनिन्छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*