Home / Feature Breaking news / लागु औषध न्युनिकरणका लागि सचेतना आवश्यक

लागु औषध न्युनिकरणका लागि सचेतना आवश्यक

दाङ, १३ असार ।

लागु औषध न्युनिकरणका लागि सचेतना जगाउन आवस्यक रहेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । वडा प्रहरी कार्यालय घोराहीको आयोजनामा लागु औषध दुरु प्रयोग तथा अबैध ओसार प्रसार नियन्त्रणमा सरोकारवालाको भुमिका विषय अन्र्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन ।

सहभागिहरुले युवा पुस्ता संगै अभिभावकहरुलाई पनि सचेत बनाउनु पर्ने उनीहरुको भनाइ रहेको थियो । घोराही उप महानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले नागरिक चेतनाको विकास गरेर अगाडि बढनु पर्ने बताए । चेतना विकास भएमा नागरिकलाइ परिवर्तन गर्न सकिने उनको भनाइ रहेको छ ।

‘नागरिकलाइ परिवर्तन गर्न चेतना जगाउन जरुरी रहेको छ’ उनले भने । यस तर्फ मिलेर अगाडि वढनु पर्ने बताए । बालवालिकाहरुलाई सही मार्गमा ल्याउन अभिभावकले विशेष ध्यान दिनु पर्ने उनको भनाइ रहेको छ । ‘आफना सन्ततीलाइ सही मार्गमा ल्याउन अभिभावकहरु सचेत हुनु पर्दछ’ उनले भने ।

घोराही उप महानगरपालिकाका प्रवक्ता तथा घोराही उप महानगरपालिका वडा नं १८ का वडा अध्यक्ष लागु औषध सम्वन्धी सचेतना आमा समुह मार्फत अगाडि वढाउनु पर्ने बताए । समाज परिवर्तन गराउन तर्फ लाग्नु पर्ने उनको भनाइ रहेको छ ।

स्थानिय सरकारले सचेतना कार्यक्रम सञ्चालनका लागि सहयोग गर्ने बताए । वडा नं १४ का वडा अध्यक्ष शक्तिराम डाँगीले सभ्य समाज निर्माणका लागि सबै मिलेर अगाडि वढनु पर्ने बताए ।

यसका लागि आफुहरु वाट हुने सहयोग रहने उनको भनाइ रहेको छ । वडा नं १३ का वडा अध्यक्ष रविलाल घर्तिले आफै वाट सुरु गर्नु पर्ने बताए । जनजातिमा रहेको संस्कार संस्कृतिहरुलाइ पनि समय अनुसार परिवर्तन गर्नु पर्ने उनको भनाइ रहेको छ ।

वडा नं १७ का वडा अध्यक्ष खुसीराम चौधरीले लागु औषध नियन्त्रणका लागि सबैले आफनो दायित्व निर्वाह गर्नु पर्ने बताए । सचेतना कार्यक्रम टोल टोल सम्म पु¥याउनु पर्ने उनले बताए । वडा नं १५ का वडा सदस्य कृष्णा रानाले बालबालिकाहरु बिग्रन बाट रोक्न समयमा नै विशेष ध्यान दिनु पर्ने बताइन् । बिग्री सकिपछि सुधार गर्न समस्या हुने उनको भनाइ रहेको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीले लागु औषध नियन्त्रणका लागि योजना वनाएर अगाडि वढन आवस्यक रहेको बताए । नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव आर के शितलले समुदाय सम्म सचेतना सञ्चालन गर्नु पर्ने बताए । समाज सुधारको अभियानमा महासंघको सहकार्य गर्न सकिने उनको भनाइ रहेको छ ।

कार्यक्रममा मा बि रझेनाका प्र अ उद्धव न्यौपाने, पद्धमोदय नमुना माध्यमिक विद्यालयका शिक्षक देव्रेन्द सिंह ठकुरी, विनय डाँगी लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रम जिल्ला प्रहरी कार्यालय दाङका निमित प्रमुख मुकुन्द्र रिजालको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजिकरण वडा प्रहरी कार्यालय घोराहीका प्रमुख हृदेश सापकोटाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*