दाङ,२५ जेठ । दाङको घोराहीमा शुक्रबारदेखी प्रथम घोराही नगरस्तरीय मेयर कप रनिङ फुटवल प्रतियोगिता २०७५ सुरु भएको छ । घोराही उपमहानगरपालिकाको आयोजनामा नगर स्तरीय मेयरकप रनिङ फुटवल प्रतियोगिता सुरु भएको हो ।
नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली र प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको विशिष्ट आतिथ्यतामा मेयर कप प्रतियोगिता सुरु भएको हो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले खेलकुद क्षेत्रको विकास गर्न सके मात्र समद्ध दाङ निर्माण हुने बताएका थिए । खेलकुदलाई शिक्षाकारुपमा लिन आवश्क रहेको भन्दै खेल अनुशासन र मेहनतको पर्यावाची भएको समेत उल्लेख गरे ।
गाउँगाउँमा खेलका सिप सिकाउदै पूर्वाधार तयार गर्न स्थानिय सरकार र युवाहरुलाई प्रमुख नेपालीले आग्रह गरे। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, दाङ जिल्ला फुटवल संघका अध्यक्ष शुसिल श्रेष्ठ, पूर्व खेलाडी केदारराज श्रेष्ठ लगाएतकाले बोलेका थिए ।
साथै उनीहरुले खेल क्षेत्रको विकासका लागि प्रत्येक वडामा खेल मैदान बनाउने योजना ल्याउन वडासँग माग गरेका थिए । प्रतियोगिताका संयोजक खोपीराम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेले गरेका थिए ।
RaptiSandesh RaptiSandesh