Home / Feature Breaking news / १२ जना अपांग विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

१२ जना अपांग विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

दाङ, ३१ वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर ५ ले १२ जना अपांगता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । वडा अध्यक्ष विष्णुमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरी, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले वडाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेका थिए ।

शैक्षिक सामग्रीहरु पाउने विद्यार्थीहरुमा उमेश चौधरी, आकृती नेपाली, भगवानप्रसाद नेपाली, सन्ध्या नेपाली, समिर विक, हेमराज नेपाली, विमल नेपाली, लक्ष्मण केसी, सुनिता वली, विशाल श्रेष्ठ, सन्दीप चौधरी र रुस्टन चौधरी रहेका छन् ।

उनिहरुलाई कापी, कलम, डे«ेस र झोला प्रदान गरिएको छ । यसैविच वडा कार्यालयको आयोजनामा अपांगता भएका व्यक्तिहरुका लागि क्षमता अभिबृद्धी अभिमुखिकरण कार्यक्रम भएको छ । कार्यक्रममा चिन्तामणि पौडेल र विवेक खड्काले अपांगता भएका व्यक्तिहरुको सिप, ज्ञान र क्षमता विकासका विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले सबै अपांगता भएका व्यक्तिहरुको क्षमता विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका थिए । व्यक्तिमा अपांगता आउन नदिन गर्भदेखी नै स्वास्थ्य जाँच, पोषण, खोपमा ध्यान दिनुपर्नेमा उनको थियो । कार्यक्रमको सहजिकरण वडा सचिब लक्ष्मण अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*