काठमाडौं, १५ वैशाख
बार्सिलोनाले लेभान्टेलाई पराजित गरेसँगै स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ ।
शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा लेभान्टेलाई १-० गोलको संघर्षपूर्ण जित निकालेसँगै बार्सिलोनाले २६ औं पटक स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको हो । बार्सिलोनाले तीन खेल अगावै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा भने गोल गर्न सफल भयो । बार्सिलोनाका लागि खेलको ६२औं मिनेटमा कप्तान मेस्सीले गोल गरे । बाँकी खेलमा दुबै टिमबाट गोल हुन नसकेपछि बार्सिलोनाले १-० गोलले खेल जितेको हो ।
जितसँगै बार्सिलोनाको ३५ खेलबाट ८३ अंक बन्यो । जुन अंक दोस्रो स्थानमा रहेको एट्लेटिको मडि्रडको भन्दा ९ अंकले बढि हो । एट्लेटिको मडि्रडको समान खेलबाट ७४ अंक छ ।