दाङ, २७ असोज
समिर आचार्य । दुनियाँ नचाउने ‘ख्वाब’ देख्छन् । उनी यसैका लागि मरिमेट्छन् र गीतमार्फत ‘ब्लाष्ट’ बनेर सार्वजनिक हुन्छन् । अनि नचाई छोड्छन् । समयले कस्तो गीत मागिरहेको छ ? उनि यसमा अभ्यस्त छन्, त्यहि अनुसारको गीत सार्वजनिक गरेर चर्चामा आउँछन् गायक समिर । गीत बजारमा आयो, चल्यो वा चलेन । उनी यतिमै सिमित रहँदैनन् ।
आफ्नो गीतले नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गरोस् भन्ने सोँचमा सधैँ चिन्तनशिल रन्छन् उनी । यसर्थ उनी नयाँ प्रतिभाहरुका लागि गतिलो अनि बलियो फोरम वा स्टेज बनिदिन्छन् । यसका लागि उनको सारथी बनिदिन्छ अमेरिकाबाट सञ्चालित ‘युएस खबर’ अनलाईन् ।
अनलाईन पत्रिका, समिर अनि एक्सपर्ट एजुकेशन एण्ड भिजा कन्सल्टेन्सीको सहकार्यमा अहिले नृत्य बिधाका कलाकर्मीहरुलाई ठूलो स्टेज उपलब्ध गराईएको छ । जहाँ दुनियाँभरबाट नृत्य विधामा लागेकाहरु दिल खोलेर नाच्न सक्नेछन् । यति मात्रै हैन, उनिहरु सात लाख रुपैयाँ पुरस्कारको दाबेदार समेत बन्ने छन् । ‘म मेरो गीतबाट आँफू मात्रै हैन,अरुलाई पनि कलाकारीतामा सहयोग पुर्याउन सकुँ भन्ने चिन्तन सदैब राख्छु,’समिरले भने ‘यसैका लागि दुनियाँलाई प्रतिष्पर्धात्मक रुपमा मेरो गीतमा नचाउने योजना बुनेका छौँ ।’
यो प्रतियोगिताको आयोजक युएस खबर अनलाईन पत्रिका रहेको छ । सुचना प्रवाह संगै सामाजिक कार्य एबं कलाकारिता हितका लागि सकृय रहँदै आएको यो अनलाईन पत्रिकाले यसअघि पनि समिरको दुनियाँ बेग्लै छ बोलको गीतमा नृत्य प्रतिष्पर्धाको आयोजना गरेको थियो । यसैगरि प्रतियोगीताको मुख्य प्रायोजकमा एक्सपर्ट एजुकेशन एण्ड भिजा कन्सल्टेन्सी रहेको छ ।
अष्ट्रेलियाको प्रख्यात कन्सल्टेन्सी एजुकेशन भिजामा अष्ट्रेलियामा विद्यार्थी पठाउने भरपर्दो कन्सल्टेन्सी हो । यो कन्सल्टेन्सीका शाखाहरु नेपालका विभिन्न जिल्लाहरुमा छन् । यससँगै यो नृत्य विधामा मुख्य प्रायोजक बनेकोे यो कन्सल्टेन्सी पनि नेपाली कलाकारिताको विकासमा सारथी बनिदिएको छ । यसैगरि एचडिएनपी ईन्टरनेशनल र एसपी नर्सिङ कलेज यो प्रतियोगतात्मक कार्यक्रमको सहयोगीका रुपमा दरिएका छन् ।
‘हामीहरु सुचना प्रवाहसंगै सामाजिक सेवा एबं कलाकारिताको बिकासका लागि पनि सकृय रहँदै आएका छौँ,’यो अनलाईनका प्रकाशक तथा प्रधान सम्पादक किशन रेग्मीले भने ‘यसपटक पनि नृत्य बिधालाई बिकसीत तुल्याउने मनसायले अनलाईन डान्स कम्पिटिशनको योजना बनाएका हौँ ।’
गायक समिरको पछिल्लो समयमा रिलिज भएको घिन घिन बज्यो मादलु र चाँडै रिलिज हुन थालेको मेरो स्टाईल यस्तै छ बोलका दुई वटा गीतहरु प्रतिष्पर्धाका लागि चयन गरिएका छन् । प्रतिष्पर्धीहरु यि दुई गीत मध्य कुनै एउटा गीतमा नृत्य गर्नुपर्ने छ । नृत्य गरेको भिडियो निर्माण गरेर युएस खबर अनलाईनको आधिकारीक फेसबुक पेजमा पोष्ट गर्नुपर्ने छ वा यो अनलाईनको आधिकारीक ईमेल ठेगानामा पठाउनु पर्ने छ । प्रतियोगिताका लागि दुई देखि ६ जनाको नृत्य समुह हुनु पर्ने छ । अनलाईन मार्फत पठाईका डान्स भिडियोहरु हेरेर निर्णय लिईने भएको छ । निर्णायकमा चर्चित नायिका केकि अधिकारी, किस्मत चलचित्रबाट रजतपटमा डेब्यू गरेका नायक पृथ्वी राज प्रसाईँ लगाएका रहेका छन् ।
प्रतियोगीतामा प्रथम हुनेलाई २ लाख नगद सहित अष्ट्रेलिया टुर को अवसर दिईने छ भने दोस्रो हुनेलाई एक लाख रुपैयाँ नगद पुरस्कार तथा म्यूजिक भिडियो र तेस्रो हुने समुहलाई ५० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ । ‘नोभेम्बर फस्ट देखि प्रतियोगीता सुरु हुने छ ,’किशनले भने ‘प्रतियोगीताका लागि ईच्छुकहरुले तयारी थाल्न पनि म सबैलाई अनुरोध गर्छु ।’ प्रतियोगीताका लागि चयन गरिएका गीतहरु यहि अनलाईनको फेसबुक पेजमा राखिएका छन् ।
साथै यसबारे थप जानकारीका लागि किशन रेग्मी (अमेरिका), समिर आचार्य (अष्ट्रेलिया), देवेन्द्र बस्नेत (दाङ) र शशी शर्मा मजगैयाँ (काठमाडौँ) लाई सम्पर्क गर्न सकिने पनि आयोजकले बताएको छ ।