Home / खेलकुद / म सधैं खेल्न र जित्न तयार छु : रोनाल्डो

म सधैं खेल्न र जित्न तयार छु : रोनाल्डो

काठमाडौँ, २३ असार । हाल बिदा मनाइरहेका इटालियन युभेन्टस तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्ना लागि आगामी सिजन थप उपलब्धिमूलक हुनेमा आफू आशावादी रहेको बताएका छन् । पहिलो सिजन युभेन्टसबाट दुई उपाधि तथा हालै पोर्चुगलबाट एक अन्तर्राष्ट्रिय उपाधि जितेका उनले आफू सधैं खेल्न र जित्न तयार रहेको पनि बताएका छन् ।

भर्खरै सकिएको सिजनमा रोनाल्डोले युभेन्टसबाट सुपर कोपा इटालिय र सिरी ‘ए’ जिते भने पोर्चुगलबाट दोस्रो अन्तर्राष्ट्रिय उपाधिका रूपमा युइएफए नेसन्सको लिगको उपाधि जिते । त्यसक्रममा उनी नेसन्स लिगका सर्वाधिक गोलकर्ता बने भने सिरी ‘ए’ मा सिजनको सर्वोत्कृष्ट खेलाडी बने ।

तर, आगामी सिजन भने आफूले थप उपलब्धिमूलक बनाउने र धेरैभन्दा धेरै उपाधि जित्न प्रयास गर्ने रोनाल्डोले बताएका छन् । उनले एक अन्तर्वार्तामा आफ्नो लक्ष्य सिधैं टिमलाई च्याम्पियन बनाउनु रहेको बताए ।

‘म सधैं खेल्न र जित्न तयार नै छु । म अर्को सिजन थप शानदार बनाउन चाहन्छु । र, मेरो लक्ष्य पनि यही हो,’ रोनाल्डोले भने, ‘हरेक वर्ष म आफूलाई सुधार्दै उपाधि थप्ने लक्ष्यमा छु । आगामी सिजन टिमलाई थप उपाधि जिताउन चाहन्छु ।’

गत सिजन रोनाल्डोले युभेन्टसका लागि सबैखाले प्रतियोगिताबाट कूल २८ गोल गर्दै १२ गोलका लागि असिस्ट गरेका थिए । पोर्चुगलका लागि उनले उपाधि जिताउनेक्रममा नकआउट चरणमा शानदार ह्याट्रिक गरेका थिए ।एजेन्सी,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*