घोराही, १६ चैत
हापुर मा.वि रतनपुरमा जारी महायज्ञमा ३३ लाख बढि दान संकलन भएको छ ।
विद्यालयको भौतिक पूर्वाधार विकास, प्राविधीक शिक्षा सञ्चालनार्थ र पितृमोक्षकालागि घोराही १२ मा रहेको हापुर मावि रतनपुरमा आयोजना गरिएको “श्रीमद् भागवत्, पितृमोक्ष एवं धनधान्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ २०७५” ३३ लाख ४५ हजार दान संकलन भएको आयोजक मूल समितिले जानकारी दिएको छ ।
महायज्ञको तेस्रो दिन शनिवारसम्म ३३ लाख ४५ हजार १ सय ७८ रुपैया दान संकलन भएको आयोजक मूल समितिका संयोजक दिपक न्यौपानेले जानकारी दिनुभयो । जसमा
घोराही उपमहानगरपालिका वडा नम्बर १० का टेकबहादुर डाँगीले १२ लाख बराबरको जग्गा, घोराही १० का दाहाल परिवारले १० लाख ५० हजार बराबरको जग्गा,, घोराही १२ का सरस्वति न्यौपानेले ५ लाख ५५ हजार बराबरको जग्गा दान गर्नुभएको छ ।
यस्तै घोराही ११ का धुव्रराज गौतमले १ लाख ८ हजार ८ सय ८८, घोराही १२ का नारायणप्रसाद पोख्रेल र सुशीला पोख्रेलले ५१ ह्जार १ सय १५, खनाल हार्डवेयर घोराही १० का केशुराम खनालले ५५ हजार ५ सय ५५, घोराही १२ का शंकर गौतम र राधा गौतमले ५१ हजार १ सय १५, हिलेखर्क टोल विकास संस्थाले १० हजार १, हापुर बगीयाका पदमप्रसाद खनालले १५ हजार १ सय ५५, घोराही १२ का निघुराम भण्डारीले १५ हजार १ सय ५५, तुलसीपुर १० क अनिता पुरी र गणेश गिरीले १५ हजार ५ सय ५५, घोराही १० का धनसिंह रोका र सुमिता पुरीले १५ हजार ५ सय ५५ रुपैया दान गर्नुभएको छ ।
यसैगरि हापुर पतेनीका गंगाप्रसाद दाहाल र सीता दाहालले १८ हजार ५, घोराही १० का अस्मीता न्यौपानेले १० हजार १ सय ५, घोराही १२ का पोख्रेल पेदाली समाजले १० हजार १ सय छ, घोराही १२ का गोविन्दप्रसाद दाहाल र शारदा दाहालले १० हजार १ सय ५, घोराही ११ का शिवराज देवकोटा र माला देवकोटाले १० हजार १ सय ५ रुपैया दान गर्नुभएको प्रचारप्रसार समितिका काशिराम केसीले जानकारी दिनुभयो ।
महायज्ञमा शनिवारको प्रमुख अतिथिमा राष्ट्रिय सभा सदस्य कोमल वली रहनुभएको थियो । आयोजक मूल समितिका संयोजक दिपक न्यौपानेको अध्यक्षतामा भएको महायज्ञमा शनिवार प्रमुख अतिथि वलीले ११ हजार १ सय ११ रुपैया दान गर्नुभएको थियो ।
महायज्ञको मुख्य वाचकमा बालव्यास पण्डीत नारायण न्यौपाने रहनुभएको थियो ।