Home / Feature Breaking news / प्रदेश स्तरिय प्रदर्शनी : गायीका एलिना चौहानसँगै झुमे दर्शक

प्रदेश स्तरिय प्रदर्शनी : गायीका एलिना चौहानसँगै झुमे दर्शक

घोराही, १२ फागुन

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा शुक्रवार गायीका एलिना चौहानसँगै दर्शकहरु झुमेका छन् । पछिल्लो समय महोत्सवहरुमा उहाँको प्रस्तुतिसँगै दर्शकहरु नाचेको भिडियो भाईरल भईरहेको छ । सोही आधारमा पनि प्रदर्शनीमा युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उहाँको ‘धोकेबाज हौ तिमी’ बोलको गीत पछिल्लो समय महोत्सवहरुमा लोकप्रीय छ । जुन गीत उहाँले दुई पटक गाउनुभयो । विशेष गरि यो गीतमा भिडियो बनाएर टीकटकमा अपलोड गर्नकालागी दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । चौहानको प्रस्तुतिमा सबैजसो दर्शकहरुले हातमा मोबाईल लिएर भिडियो बनाईरहेको देखिन्थ्यो । दर्शकहरु गीतको तालमा नाच्दै भिडियो बनाउनमा व्यस्त हुनुभयो । चौहानले धोकेबाज हौ तिमी, के माया लाग्छ र, मिनरल वाटर, मेरो छुनुुमुनु हौ, गोदाबरी वनैमा’ लगायत एक दर्जन गीतहरु प्रस्तुत गर्नुभएको थियो ।

चौहानसँगै गायीका शीतल शर्मा, गायक माधव जोन खत्री, गायक गोपाल नेपाली जि.एम, मोडल रुविना अधिकारी लगायतका कलाकारहरुले प्रस्तुति रहेको थियो ।

“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ महासंघको आयोजनामा फागुन ३ गतेदेखी १३ गतेसम्म घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिगौँरामा जारी प्रदर्शनी तीन दिन थप गरिएको छ । प्रदर्शनीको समापन १६ गते हुनेछ ।

शनिवार चक्र बम र टीका सानु

प्रदर्शनीमा शनिवार पनि चर्चीत कलाकारहरुको प्रस्तुति रहने भएको छ । शनिवार कलाकारहरु चक्र बम, लोकदोहोरी गायीका टीका सानु, गायीका रेश्मा पुन, मोडल साखीरा मगर, सान्तराम सेञ्चुरी लगायतका कालकारहरुको प्रस्तुति रहने आयोजक मूल समितिले जानकारी दिएको छ ।

प्रदर्शनी तीन दिन थप

प्रदर्शनी तीन दिन थप गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिगौरामा जारी प्रदर्शनी तीन दिन थप गरिएको आयोजक मूल समितिले जानकारी दिएको छ । फागुन ३ देखी१३ गतेसम्म आयोजना गरिएको प्रदर्शनी तीन दिन थप भएसँगै फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । घरेल्ु तथा साना उद्योग महासंघ एवं दर्शकहरुको माग अनुसार तीन दिन थप गरिएको आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*