Home / Feature Breaking news / घोराहीमा आईतवार शिव परियारको प्रस्तुति

घोराहीमा आईतवार शिव परियारको प्रस्तुति

घोराही, १३ फागुन

घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा आईतवार गायक शिव परियारको प्रस्तुति रहने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा फागुन ३ गतेदेखी जारी प्रदर्शनीमा बाह्रौँ दिन आईतवार सुगम संगीतका चर्चीत गायक शिव परियारको प्रस्तुति रहने आयोजक सचिवालयले जानकारी दिएको छ ।

युवाहरुमाँझ लोकप्रीय गायक शिव परियारको प्रस्तुति आईतवार रहने आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो । परियारको ‘बेहोस पछि त होस्मा आउदा क्या दामी भो, फेवातालमा साईली ढुंगा सलल, धोकेबाज हौँ तिमी, आँशुको अर्थ के थाहा, अलिकति अजर तिम्रो’ लगायत सयौँ गीतहरु चर्चीत रहेका छन् ।

“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा परियारसँगै कृष क्षेत्री, अवन्तिका सुनार, प्रकाश सोनी लगायतका कलाकारहरुको प्रस्तुति रहने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*