Home / Feature Breaking news / अब घर बनाउनलाई इको ब्लक इटा

अब घर बनाउनलाई इको ब्लक इटा

दाङ,६ जेष्ठ । अव दाङमा इटा,सिमेन्ट र बालुवाको प्रयोगबिना बातावरणमैत्री इको व्लकवाट सुरक्षित आवास निर्माण गर्न सकिने भएको छ । जर्मन प्रविधिवाट बनेको इको ब्लक (इटा) बाट घर,पर्खालहरु निर्माण गर्न सकिने भएको हो ।

दाङ बाहिरका सहरहरुमा इको व्लक प्रयोगवाट घरहरु निर्माण भइरहेका समयमा दाङको घोराहीमा पनि इको व्लक आइपुगेको छ । इको ब्लक भित्रिएसँगै माग पनि बढ्दै गएको इको व्लक दाङ भित्राएका जे एण्ड जे इको व्लक सप्लायर्सका प्रोपाईटर प्रमोद श्रेष्ठले जानकारी दिए । उनका अनुसार इको व्लक भित्रिएको डेड महिनाको विचमा करिव चार ट्रक इको व्लक इटाहरु विक्रि भैइसकेका छन । इको व्लक चुनढुङगा, पिल्लीकोण, कोइला, खरानी, क्लिङकरलगाएतका केमिकल्सहरुको प्रयोगवाट बन्ने गरेका छन । यस प्रकारका इटाहरुको जिल्लामा इको व्लकको माग बढ्दै गएको समेत श्रेष्ठ बताउछन ।

श्रेष्ठका अनुसार इको व्लक इटा तीन साइजमा पाइने गरेको छ । जसमा दश इटा बराबरको ४ इन्च चौडाई,आठ इन्च उचाई र २६ इन्च लम्वाई सवैभन्दा सानो, ६ इन्च चौडाई,८ इन्च उचाई र २६ इन्च लम्वाई रहेको मध्यम र ८ इन्च चौडाई,८ इन्च उचाई र २६ इन्च लम्वाई सवैभन्दा ठुलो गरि तीन प्रकारका इको व्लक इटा दाङमा पाइने गरेको छ । सानो साइजको प्रतिइटा एक सय ८०,मध्यम साइजको दुई सय ५३ र ठुलो साइजको तीन सय ३५ रुपैयाँप्रति इटा मुल्य पर्ने गरेको छ ।

यी इटाको प्रयोगवाट घर बनाउदा कम खर्चमा छोटो समयमै भुकम्प प्रतिरोधात्मक घर बनाउन सकिने श्रेष्ठले जानकारी दिए यसको प्रयोगबाट घर बनाउनदा भत्कााउनु पर्दा पनि पुन प्रयोग गर्न मिल्ने, इमेन्ट,बालुवा र इटाको प्रयोग गर्न नपर्ने,पानीले असर पु¥याउन नसक्नेलगाएतका विशेषताहरु रहेका छन ।

यो प्रविधिमा काम गर्दा दैनिक पानी चारिरहनु नपर्ने, धेरै कामदारको आवश्यक नपर्ने हुदा छोटो समयमा घर तथा पर्खाल निर्माण गर्न सकिने भएको छ । यी इटाहरु बिरगंजमा रहेको जर्मन प्राविधिको इको व्लक उद्योगमा निर्माण हुने गरेका छन । उक्त उद्योगवाट आफुले विगत डेढ महिनादेखि आफुले दाङमा ल्याएर विक्रि वितरण गदै आएको बताए । घोराहीसँगै तुलसीपुर र लमहीसम्म घर,पर्खाल बनाउनका लागि इको व्लक इटाहरु विक्रि भैइरहेको समेत श्रेष्ठले जानकारी दिए । श्रेष्ठले विगत केही बर्षदेखि घोराहीमा नेवाली काष्ठकला उद्योग समेत सञ्चालन गर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*