Home / Feature Breaking news / पत्रकार महासघ ‘हटलाइन सेवा सचालन’को तयारीमा छः उपाध्यक्ष पोख्रेल

पत्रकार महासघ ‘हटलाइन सेवा सचालन’को तयारीमा छः उपाध्यक्ष पोख्रेल

घोराही, २५ भदौ
नेपाल पत्रकार महासघका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलले पत्रकारीता क्षेत्रमा क्रियाशिल महिलाहरुको सहजताका लागी महासंघले आवश्यक सुचना र जानकारी दिन ‘हटलाइन सेवा सचालन’ को तयारी भैरहेको बताउनुभएको छ ।

क्रियाशील महिला पत्रकार मञ्च दाङले घोराहीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै पोख्रेलले पत्रकारहरुलाई परेको समस्या जानकारी गराउनकालागि हटलाईन सेवा सञ्चालन गर्न लागेको जानकारी गराउनुभयो । उहाँले श्रमजिवी पत्रकारहरुले भोग्ने समस्या, महिला पत्रकारहरुले भोग्नुपरेको समस्या लगायतका विविध विषयमा जानकारी गराउन सजिलो होस् र सम्पूर्ण पत्रकारहरुको पहुच पुगोस् भन्ने उद्धेश्यले यो सेवा सुरु गर्न लागेको जानकारी दिनुभयो ।

महिला भएकै कारण गरिने असमान ब्यबहार, कार्यकक्षमा हुन सक्ने र्दुब्यबहार र महिला पत्रकारले आफुले चाहेको बिटमा समाचार लेख्ने बताबरण बनाई मोफसलका पत्रकार महिलाहरुलाई मुलधारको मिडिया संग प्रतिस्पर्धा गर्न सक्ने बाताबरणको श्रृजना गर्न महासघको नयाँ नेतृत्वले महिलापत्रकारको क्षमता र दक्षता अभिबृदि गर्न बिशेष तालिमको ब्यबस्था गर्ने पोख्रेलले बताउनुभयो ।

क्रियाशिल पत्रकार महिला डब्लु डब्लुजे दाङ द्धारा सन्डेक्लब कार्यक्रम अन्र्तगत आज घोराहीमा आयोजित पत्रकारीतामा महिला सहभागिता सुनिश्चततामा नेपाल पत्रकार महासघको अबको भुमिका बिषयक अन्र्तक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पोख्रेलले पत्रकारीता क्षेत्रमा महिला सहभागिता सुनिश्चितताको लागी महासंघले नीतिगत ब्यबस्था गर्ने बताउनुभयो ।

क्रियाशिल पत्रकार महीला डब्लु डब्लु जे दाङका अध्यक्ष सन्ध्या रेग्मिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएमले बदलिदो परिस्थितीमा प्रतिस्पर्धात्मक रुपमा अगाडी बढ्न पत्रकार महीला स्वयम्ले बिशेष ध्यान दिनुपर्ने बताए ।
कर्यक्रममा नेपालपत्रकार महासघ दाङका अध्यक्ष सबिन प्रीयासन, क्रियाशिल पत्रकार महिला मध्यपश्चिम सल्लाहकार लिला शाह, क्रियाशिल पत्रकार महिला दाङका संस्थापक अध्यक्ष बसुन्धरा गौतम, नेपाल प्रेसयुनियनका केन्द्रिय सदस्य सुलोचना गौतम, लगाएतले पत्रकारीता क्षेत्रमा महिलाको समान सहभागिताका लागी महासघले बिशेष भुमिका खेल्नुपर्नेमा जोड दिए । क्रियाशील पत्रकार महिला दाङका उपाध्यक्ष रिता लामाको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजिकरण निरला अर्याल गैरेले गरेकीथिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*