Home / Feature Breaking news / आत्माहत्या सम्वन्धी कानुन आवश्यक

आत्माहत्या सम्वन्धी कानुन आवश्यक

दाङ, २५ भदौ
आत्मा हत्या सम्वन्धी कानुन निर्माण गरीनु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । ओरक नेपाल र महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल दाङको आयोजनामा आईतवार घोराहीमा आयोजित ‘१५ औँ विश्व आत्मा हत्या रोकथाम’ दिवसको अवसरमा वोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
उनीहरुले कानुन नहुदा आत्म हत्या गर्न वाध्य बनाउनेलाई कारवाही हुन नसकेको बताएका थिए । कार्यक्रममा विषय प्रवेश गराउदै ओरेकका जिल्ला कार्यक्रम संयोजक तुल्सा गिरीले आत्म हत्या रोकथाम गर्नकालागि सचेतना जगाउनु पर्ने बताईन् । उनले आत्म हत्या गर्ने प्रवृति चुनौती रहेको बताईन । मानसिक तनावको कारणले अधिकाश मानिसहरुले आत्म हत्या गर्ने गरेको बताइन ।
आत्म हत्या गर्ने प्रमुख कारणहरुमा वेरोजगार, लागु पदार्थ दुव्यसनी, यौन हिंसा, प्रेममा असफलता, प्रतिष्ठामा गिरावट, घरेलु हिंसा, गृह युद्ध, बंशाणुगत शिक्षामा असफलता, शिक्षामा असफता, दिर्घ रोगी, गरिवी जस्ता कारणले आत्म हत्या गर्ने गरेको प्रहरीको भनाई छ ।

कार्यक्रममा वोल्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख दुर्गा सिंहले मानिसहरु महत्वकांक्षी हुदा समस्या हुने गरेको बताईन । उनले सामाजिक सञ्जालको दुरु प्रयोगका कारण पनि आत्म हत्या सम्वन्धी घटना बढ्दै गएको बताइन् । मानिसहरु आत्म निर्भरता तर्फ अगाडि बढ्नु पर्ने बताईन् । त्यसकालागि शिक्षामा जोड दिनु पर्ने बताईन ।

घोराही उप महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जिवनको वारेमा वुझन नसक्दा समस्या हुने बताए । उनले भने ‘मानिसको मृत्यु नै समस्याको समाधान होइन’ । मानिसले समस्यालाई समाधान गदै अगाडि बढ्नुपर्ने बताए । मानिस आत्म विश्वासका साथ अगाडि वढनु पर्ने उनको भनाई रहेको छ । सञ्जालका केन्द्रीय सचिव लक्ष्मी आचार्यले आत्महत्या सम्वन्धी कानुनी निर्माणका लागि सामुहिक दवाव दिनु पर्ने बताईन् । उनले सामाजिक मुल्य मान्यता कारण पनि समस्या पार्ने गरेको बताईन् ।

समाजमा रहेको दोहोरो सामाजिक मापदण्ड विरुद्ध अगाडि बढ्नु पर्ने बताईन् । त्यस अवसरमा महिला तथा वालवालिका कार्यालयका प्रमुख विष्णुमणि जोसी, जिल्लावारका उपाध्यक्ष ललितवहादुर केसी, जिल्ला जन स्वास्थ्य कार्यालयका खिमा भुसालले विनिता चौधरी लगाएतकाले भनाई राखेका थिए । कार्यक्रम सञ्जालका जिल्ला अध्यक्ष सुष्मा गिरीको अध्यक्षतामा भएको थियो । ओरेका कार्यक्रम अधिकृत दीपा धितालको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण ओरेका पदमा चौधरीले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*