Home / Feature Breaking news / संसद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
फाइल तस्बिर

संसद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दशौँ अधिवेशनको नवौँ बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७७/७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*