घोराही, ३० साउन
राजकुमार गुप्ता साउन ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सदस्य पदका उमेद्वार बन्नुभएको छ । प्राजातान्त्रिक प्यानलबाट सदस्य पदको उमेद्वार बन्नुभएका गुप्ता लामो समयदेखी व्यवसायीक क्षत्रमा रहनुभएको छ । विभिन्न संघसंस्थामा रहेर लामो समयदेखी काम गरिसक्नुभएका गुप्ता यस निर्वाचनमा मधेसी समुदायको प्रतिनीधीको रुपमा प्रतिनिधित्व गर्नुभएको छ ।
टोलविसका संस्थाको अध्यक्ष, खानेपानी संस्थाको सल्लाहाकार, टाउन प्लान विकास संस्थाको सहसचिव, गुप्ता समाजको अध्यक्ष र भाडा व्यवसायि समितिको उपाध्यक्ष भएर सफल काम गरेको अनुभव उहाँसँग छ ।
व्यवासायिक हक हित र समग्र विकासका लागि आफनो उमेद्धारी रहेको बताउने गुप्ता व्यवसायी मतदाताले मतदान गरेर विजयी बनाएमा व्यवसायीको पक्षमा काम गर्ने अवसर मिल्ने पुर्ण विश्वास रहेको बताउनुभयो । राज सप्लार्यसका सञ्चालक गुप्ता भाडा व्यवसायीहरुको नेताको रुपमा उवासंघमा प्रतिनिधित्व गर्दै हुनुहुन्छ । व्यवसायीहरुको अमुल्य मतले आफू विजयी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।