Home / Feature Breaking news / किर्ते गरेको आरोपमा वडा सचिवसहित तीन जना पक्राउ

किर्ते गरेको आरोपमा वडा सचिवसहित तीन जना पक्राउ

दाङ,२२ असार । किर्ते गरेको आरोपमा प्रहरीले घोराहीबाट एक जना वडा सचिवसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले घोराही उपमहानगरपालिका वडा नं.१ का वडा सचिव धनबहादुर केसी र वडा नं. १३ को कार्यालयमा कार्यरत (खरीदार) लिलाजित नेपाली र वडा नं. १३ कै हेल्लो टावर नजिकै बस्ने ४९ बर्षीय हुकुम बहादुर जिसीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन् । पक्राउ परेका जिसी केटीका बुबा रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले जबरजस्ती करणी मुद्दामा पीडित केटीका बाबुले छोरीलाई न्याय दिलाउन छोरीको उमेर घटाउने कार्यमा पक्राउ परेका वडा सचिव केसी र खरिदार नेपालीले तत्कालीन समयमा सघाएको देखिएकाले पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

‘पक्राउ परेका तीन जना वडा सचिवहरुले २०५९ सालको जन्म मिति भएको पीडित किशोरीलाई उमेर घटाएर २०६१ साल बनाउन सघाएको देखिएकाले पक्राउ गरेका हौं’–प्रवक्ता खड्काले भने–‘पक्रउ परेका तीन जनालाई जिल्ला अदालतबाट दश दिनको म्यादथप गरि थप अनुसन्धान भैरहेको छ ।’

प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दाका अभियुक्त युवक हाल पुर्पक्षका लागि थुनामा रहेका छन् । पीडित केटीले उमेर घटाएको तथ्य फेला पारेको दाङ देउखुरी जिल्ला अदालतमा निवेदन दिएपछि अदालतले घोराही उपमहानगरपालिकालाई उक्त विषयमा जानकारी दिन पत्राचार गरेको थियो ।

घोराही उपमहानगरपालिकाले ती किशोरीको जन्म २०५९ जन्मेको प्रमाणित गरी पत्राचार गरेपछि किर्ते गर्ने सचिव र खरीदारसहित तीन जनालाई पक्राउ गरिएको प्रहरी नावय उपरिक्षक खड्काले जानकारी दिए । पक्राउ परेका वडा नं. १का वडा सचिव वडा नं. १३ मा कार्यरत रहदा किर्ते गरेका आरोपमा प्रहरीले पक्राउ गरेको हो । मुलुकी अपराजध संहित २०७४ को परिच्छेद २५ दफा २७६ (किर्ते गर्न नहुने) बमोजिम मुद्धा दर्ता गरेर थप अनुसन्धानलाई अघि बढाएको प्रवक्ता खड्काले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*