Home / Feature Breaking news / दाङमा भ्रमण वर्षको भव्य उद्घाटन

दाङमा भ्रमण वर्षको भव्य उद्घाटन

दाङ, १६ पुस
भ्रमण बर्ष सन् २०२० को दाङमा उद्घाटन गरिएको छ ।  जिल्ला पर्यटन प्रवर्द्धन समिति दाङको आयोजनामा वुधवार बाह्रकुने मन्दिर घोराही १३ मा एक औपचारिक कार्यक्रमको आयोजन गरि पर्यटन बर्षको उद्घाटन गरिएको हो ।

“पर्यटनको विकास हाम्रो चाहना, दाङको समृद्धि हाम्रो कामना” भन्ने मूल नारा तय गरिएको पर्यटन वर्षको पाँच नम्बर प्रदेशका सभामुख पूर्णबहादुर घर्तिले गर्नुभएको हो । जिल्ल पर्यटन समितिका संयोजक जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अथिति घर्तिले दाङ जिलला पर्यटन र धार्मीक स्थलले भरिपूर्ण रहेको भन्दै यसको प्रचारप्रसारमा लाग्न दाङबासीहरुलाई अनुरोध गर्नुभयो ।

पर्यटन वर्षकालागी पाँच नम्बर प्रदेशले लुम्बीनी, स्वर्गद्धारी र ठाकुद्धारा बर्दियालाई प्रमुख पर्यटकिय क्षेत्रको रुपमा लिएर अगाडी बढेको जानकारी दिनुभयो । वर्तमान सुकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा लिएर अगाडी बढेको भन्दै त्यसकालागि पर्यटन एक आधार भएको उहाँको भनाई छ ।

उद्घाटन कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गर्न प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्यहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट झाँकी जुलुश सहित दर्शकहरुको ससहभागिता रहेको थियो । कार्यक्रममा मगर समुदायको भुम्या नाच, मँयुर नाच, पैसेरू नाच, थारू समुदायको मघौटा नाच, छोक्रा नाच, देउखुरी गढवाको अवधि नाच, प्यूठानको सराय नाच पस्मुत गरिएको थियो ।

पर्यटन समितिका उपप्रमुख श्रीधर शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रदेश सभा सदस्य अमरबहादुर डाँगी, पर्यटनका जानकार केवि मसाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासन, बराहक्षेत्र संरक्षण एवं सवद्र्धन समितिका अध्यक्ष टेमन बुढा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण पत्रकार सुदीप गौतम र साहित्यकार डा.लोकराज पराजुलीले गर्नुभएको थियो ।

वुधवार तुलसीपुरमा पनि एक कार्यक्रमकाबिच भ्रमण वर्षको उद्घाचटन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*