Home / Feature Breaking news / दाङ उवासंघको निर्वाचन– यस्ता छन् प्रजातान्त्रिक प्यानलका उमेद्वारहरुः

दाङ उवासंघको निर्वाचन– यस्ता छन् प्रजातान्त्रिक प्यानलका उमेद्वारहरुः

आर.के.शीतल
घोराही, २९ साउन
दाङका व्यवसायीहरुको छाता संगठन दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वकालागि यही साउन ३१ गते निर्वाचन हुदैछ । ३ वर्षे कार्यकालकालागि नयाँ नेतृत्व चयन हुदैछ । जसमा प्रजातान्त्रिक उद्यमी संघको प्राजान्त्रिक प्यानल चुनावी मैदानमा छ । संयुक्त बाम प्यानल र प्रजातान्त्रिक प्यानल चुनावी मैदानमा छन् । प्रजातान्त्रिक प्यानल वर्तमान कोषाध्यक्ष मञ्जु बज्राचार्यको नेतृत्वमा निर्वाचनमा होमिएको छ ।

प्रजातान्त्रिक प्यानलको तर्फबाट अध्यक्ष, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, महासचिव, सचिव, उद्योग सदस्य, महिला सदस्य, खुल्ला सदस्य गरि १४ जनाको समूह चुनावी मैदानमा रहेको छ । प्रजातान्त्रिक प्यानलबाट चुनावी प्रतिष्पर्धा गरिरहनुभएका उम्मेदवारहरुसँग हामीहरुले कुराकानी गरेका छौँ । यस प्यानलबाट चुनावी मैदानमा रहनुभएका उमेद्वारहरु फन्सी पसल, फोटोग्राफि, कम्यूटर, ईन्टरप्राईजेज, ग्याँस व्यवसाय, मिल, सप्लायर्स, वाटर एण्ड वाटर मेसिन सप्लायर्स, अटो मोवाईल्स, सु सेन्टर, फर्निचर सञ्चालन गरेका व्यवसायीहरु हुनुहुन्छ । लामो समयसम्म अन्य सामाजिक क्षेत्रका संघसंस्थामा रहेर सफल रुपमा नेतृत्व गरिसक्नुभएका उमेद्वारहरु चुनावी मैदानमा छन् । व्यवसायीमाझ लोकप्रीय बनेका उमेद्वारहरु चुनावी मैदानमा रहेकाले यो प्यानल बलियो मानिएको छ । यीनै उमेद्वारहरुबारे विस्तृत जानकारी यसप्रकार छः

मञ्जु बज्राचार्यः अध्यक्ष

साउन ३१ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका बलिया उमेद्वार हुनुहुन्छm मञ्जु बज्राचार्य । फेन्सी व्यवसायी मञ्जु जिल्लाको सफल महिला व्यवसायी हुनुहुन्छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको पहिलो महिला सदस्य मञ्जु बज्राचार्य यस पटक प्राजातान्त्रिक प्यानलबाट चुनावी मैदानमा हुनुहुन्छ । व्यवसायी हकहितकालागि सधै समर्पित हुने मञ्जु यसपटक नेतृत्व तहमा पुग्ने तयारीमा हुनुहुन्छ । सफल नेतृत्वकर्ता भएको विगत लामो समयदेखी सामाजिक क्षेत्रमा कामको गराईले प्रष्टाईसकेको छ ।

Manju
व्यवसायीमाझ सबैले रुचाईएका र सबैमाझ लोकप्रीय मञ्जु सबैसँग समान व्यवहार गर्नुहुन्छ । साना व्यवसाय गर्ने व्यवसायी र ठुला उद्योगीहरुसँग उहाँको समान व्यवहार हुने गर्दछ । जसले गर्दा सबैको मन जित्न सफल हुनुहुन्छ । मञ्जुको एउटा अचम्मको रुचीको विषय छ । व्यवसायीको हकहितकालागि सधै समर्पित हुने । जुनसुकै समयमा जस्तोसुकै समस्या पर्दापनि मञ्जुको उपस्थिति र साथ हुने गर्दछ । जुनसुकै सहयोग र जस्तोसुकै त्याग गर्न उहाँ कहिले पछि हट्नुहुदैन ।
यस पटकको निर्वाचनमा अध्यक्ष पदमा तपाईको उमेद्वारी किन भनेर सोध्दा उहाँ भन्नुहुन्छ– ‘पहिलो कुरा त म सम्पूर्ण व्यवसायीहरुले भोगेका समस्या समाधान गर्न चाहन्छु, अर्को कुरा आजसम्म उद्योग वाणिज्य संघले थालेका धेरै काम छन् जसलाई पूर्णता दिनछु भने केहीलाई कार्यान्वयन गर्न छ म त्यो गर्न चाहन्छु ।’
दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यसमितिमा पहिलो महिला सदस्य भएर आफूले प्रतिनिधित्व गरेकाले पनि महिला दिदिबहिनीहरुको साथ र सहयोग अनि हौसलाले अध्यक्ष बनेर नतृत्व गर्न उत्प्रेरणा मिलेको बताउनुभयो । साथै सम्मूर्ण महिलाहरुले आफूलाई मतदात गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबै व्यवसायीहरुसँग आफ्नो सुमधर सम्वन्ध, समाजले महिला नेतृत्व खोजिरहेको, आफ्ना एजेण्डा, अग्रजको सल्लाह र सम्पूर्ण व्यवसायीहरुको सल्लाहमा उमेद्वार बनेकोले पनि भएकाले पनि विजय हुने आधार बनेको उहाँले दाबी गर्नुहुन्छ ।

बसन्त जोशीः उद्योग उपाध्यक्ष

फोटोग्राफरको क्षेत्रमा नयाँ आयाम ल्याउने व्यवसायी हुनुहुन्छः बसन्त जोशी । उहाँको पर्यायवाची पहिचान हो सप्तरंगी डिजिटल कलर ल्याव । २०५३ सालबाट व्यवसाय सुरु गर्नुभएका जोशी दाङका पुराना फोटो व्यवसायीमध्य एक हो ।

Basantजसले त्यो बेला जोशी फोटो स्टुडियो सञ्चालन गर्नुभयो । जसले उहाँलाई व्यवसायमा अगाडि बढ्न उत्प्रेरणा ग¥यो । व्यवसाय सुरु गर्नुभएका बसन्तले त्यसको ठिक १० वर्षपछि २०६३ सालमा संप्तरंगी डिजिटल कलरल्याव सञ्चालन गर्नुभयो । जसले डिजिटलको दुनियामा नयाँ आयाम थप्यो ।
दाङ जिल्ला फोटोग्राफर एशोसियशनका अध्यक्ष भएर अहिले दोस्रो कार्यकाल चलाईरहनुभएको छ । यो सहित अन्य सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमीका निर्वाह गरिसक्नुभएका बसन्त व्यवसायिक हकहित, दाङ राजधानी, सरसफाई अभियानलाई सार्थकता, दर्ताविनाका व्यवसायीहरुलाई दर्ता प्रक्रीयामा ल्याउन, व्यवसायीहरुको समस्या समाधानकालागि र समग्र व्यवसायीहरुको हितमा काम गर्ने गरि उद्योग उपाध्यक्षको उमेद्वार बनेको जोशीको भनाई छ ।
अग्रजहरुसँगको सल्लाह र धेरे व्यवसायीहरुहरुको आग्रहमा चुनावी मैदानमा उत्रिएकाले सबैकोे मायाले विजयी हुनेमा ढुक्क हुनुहुन्छ । आफ्नो पक्षमा महोल भएकाले, उद्योग सदस्य भएर संघबाट पाएको जिम्मेवारी सफल रुपमा पुरा गरेकाले पनि उद्योग उपाध्यक्षमा उमेद्वारी दिएको उहाँ बताउनुहुन्छ । सम्पूर्ण फोटोग्राफरहरुको प्रतिनिधित्व गर्दै जोशी चुनावी मैदानमा आउनुभएको छ । फर्म दर्ता गरेकै भरमा नेतृत्वमा आउन खोज्नेलाई भन्दा वास्तविक व्यवसायीलाई जिताउदा व्यापारीहरुमा आउने समस्या समाधान हुने भएकाले वास्तविक व्यापारी पहीचान गरी मतदान गर्न अनुरोध गर्नुभयो ।

टंकसिह बुढाथोकीः वाणिज्य उपाध्यक्ष
पश्चिम दाङको पञ्चकुलेबाट एसएलसी उत्तिर्ण भएपछि अध्ययनकालागि घोराही आएका टंक अहिले व्यवसायीको पहिचानमा हुनुहुन्छ । ग्रामिण भेगबाट उदय भएर एक सफल व्यवसायिको पहिचान बनाईसक्नुभएका टंक दुईदशकको व्यवसायिक अनुभवले व्यवसायिसँगको सामिप्यता मात्रै कसेको छैन व्यवसायिहरुको नेता बन्ने उचाईमा पग्नुभएको छ ।

Tanka
साउन ३१ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको वाणिज्य उपाध्यक्षमा भिड्दै हुनुहुन्छ । घोराहीका पहिलो मदिरा व्यवसायि मध्यका एक टंकले समयसमयमा असहज परिस्थतीसँगै धेरै चुनौतीको गर्नुभयो ।
लिकर्श एशोसिएसनको अध्यक्षसंगै डेलिभरी सेवा वितरक संघको कोषाध्यक्ष समेत रहेका उनि अब समग्र व्यवसायिहरुको नेतृत्व तहमा पुग्ने योजना उहाँ हुनुहुन्छ । उहाँको अबको मिशन व्यवसायिक हितका लागि व्यवसायिहरुको मजवुत एकता हो ।
जिल्लामा अभावको कारण देखाउँदै हुने कालोबजारी नियन्त्रण उहाँको अर्को महत्वपूर्ण मिशन छ । यसैगरि अखाद्य सामाग्री विक्री वितरणमा पूर्ण रुपमा रोक लगाउने उहाँले योजना बनाउनुभएको छ । व्यवसायीहरुको साथ र सहयोगले निर्वाचनमा विजयी हुने बुढाथोकीको भनाई छ ।

नरेश कार्कीः महासचिव
दाङ जिल्ला उद्योग वाणीज्य संघको यही साउन ३१ गते नयाँ नेतृत्वकालागि हुने निर्वाचनमा महासचिव पदका उमेद्वार हुनुहुन्छः नरेश कार्की । लामो समयदेखी व्यवसायमा लागेर सफल व्यवसायीको रुपमा आफ्नो पहिचान बनाउन सफल हुनुहुन्छ कार्की ।

Naresh
स्नातक तहको पढाई पुरा गरेर २०६१ सालमा किराना पसलबाट पसल सुरु गर्नुभएका नरेश पछिल्लो समय ग्याँस व्यवसायीको रुपमा पहिचान बनाउनु भएको छ । सानो किराना व्यापारबाट व्यवसाय सुरु गरिसक्नुभएका नरेशलाई सानो पसल गर्दाका पिडाहरुको बारेमा अनुभव छ । पछिल्लो एक वर्ष दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य भएर काम गरिसक्नु भएका नरेश महासचिव भएर सानादेखी ठुला व्यवसायिहरुको समस्या समाधानकालागि काम गर्न चाहेको बताउनुहुन्छ । त्यही कारणले पनि आफू महासचिव पदमा भएर व्यवसायिहरुको समस्या समाधानमा सहयोग गर्न पाउने अवसर र उवासंघलाई संगठीत रुपमा सक्षम बनाउने उद्धेश्य बोक्नुभएको छ । उहाँ कार्यसमिति सदस्य भएर काम गर्दा पनि उत्कृट काम गर्नुभएको छ ।
नरेश व्यवसायसागै सामाजिक संघसस्थाहरुमा पनि आवद्ध हुनुहुन्छ । रोटरी क्लब दाङको कोषाध्यक्ष, दाङ देउखुरी ग्याँस विक्रेता संघको संस्थापक अध्यक्ष, सगरमाथा ह्याचरी प्रालिको सञ्चालक, स्वर्गद्धारी अटो भिल्लाको सञ्चालक, सुरक्ष पशुपंक्षी सहभारीको कोषाध्यक्ष भएर काम गरिसक्नु भएका नरेश व्यवसायीक कृषी प्रणालीमा विशेष रुची राख्नुहुन्छ ।
मिलनसार र लगनशील नरेश व्यवसायीमाझ लोकप्रीय मानिनुहुन्छ । सबैसँग सम्वन्ध राख्नुभएका नरेश लोकप्रीय व्यापारीको रुपमा परिचिय हुनुहुन्छ । उनी यस पटाको निर्वाचनमा महासचिव पदमा आफू विजयी हुने विश्वास व्यक्त गर्छन् । उवासंघमा काम गर्न सक्ने उहाँको क्षमताका कारण अग्रजहरुको आग्रहमा महासचिव पदको उमेद्वार बन्नुभएका नरेश निर्वाचनमा विजयी हुने पक्कापक्की छ । व्यवसायीहरुसँग बुझ्दा सक्षम र योग्य एव. लोकप्रीय व्यवसायी भएकाले नरेश विजयी हुने करिब पक्कापक्की भएको बताउछन् ।

माया कुमारी पोख्रेलः सचिव
दाङका सफल महिलाहरुमा एक नाम होः माया पोख्रेल । हसिली र मिजासिली माया दाङकै एक सफल र उत्कृष्ट महिलाको रुपमा परिचित छिन् । सञ्चारकर्मीबाट आफ्नो छवी बनाएकी माया पछिल्लो समय व्यवसायीको रुपमा परिचित छिन् ।

Maya poikhrel त्यसो त उनको पहिचान धेरै छन्ः सञ्चारकर्मी, व्यवसायी, महिला मानवअधिकारकर्मी समग्रमा भन्ने हो भने सामाजिक व्यक्ती । तर माया आफूलाई व्यवसायीको रुपमा चिनाउन चाहन्छीन् । उनको मन परेको क्षेत्र भनेकै व्यवसायी हो । किन व्यवसायी नै रोज्नुहुन्छ भनेर सोध्दा उनी भन्छीन्र– ‘म व्यवसायी भएर व्यवसायीहरुकै माझमा रहन चाहन्छु । किनकी व्यवसायीहरुको माझमा व्यवसायीहरुसँग काम गर्दा उहाँहरुको समस्या समाधानमा लाग्न पाउदा खुसी लाग्छ ।’ उहाँले व्यवसायीहरुले भोग्दै आएको समस्या समाधानकालागी आफू सधै तत्पर रहने बताउनुहुन्छ ।
दाङ महिला जेसीजको पूर्व अध्यक्ष, नेपाल परिवार नियोजन संघ दाङको वर्तमान कार्यसमिति सदस्य, संकल्प महिला सञ्चार संस्थाको वर्तमान सचिव, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका वर्नमान सदस्य, सामुदायिक सेवा केन्द्रको पूर्व महासचिव भएर काम गरिरहेकी माया नेपाल पत्रकार महासंघ दाङको पूर्व कार्यसमिति सदस्य र नेपाल प्रेस युनियन दाङको कार्यसमिति सदस्य हुनुहुन्छ ।
साउन ३१ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा माया सचिव पदको उमेद्वार बन्नुभएको छ । प्रजातान्त्रिक उद्यमी संघको प्यानलबाट सचिव पदको उमेद्वार बन्नुभएका माया पोख्रेललाई सचिव पदमा तपाईको उमेद्वारी किन भनेर सोध्दा उहाँ भन्नुहुन्छ– ‘व्यवसायीहरुको हकहितकालागि त छदैछ यसका साथै संगठनलाई चुस्तदुरुस्त बनाउन मेरो भूमिका हुनेछ ।’ मायाले सबै व्यवसायीहरुको साथ र सहयोगले आफू यहाँसम्म आएको भन्दै यसपटकको निर्वाचनमा पनि विजयी हुने विश्वास व्यक्त गर्नुहुन्छ । उहाँले सचिव पदमा मतदान गरेर आफूलाई विजयी बनाउन अनुरोध गर्नुभयो । आफ्नो विजयी नै समग्र व्यवसायीहरुको विजयी हुने बताउनुभयो ।

सुशील पोख्रेलः कोषाध्यक्ष

दाङ जिल्ला उद्योग वाणीज्य संघको यही साउन ३१ गते हुने नयाँ नेतृत्वकालागि हुने निर्वाचनमा दाङका सफल युवा व्यवसायी सुशील पोख्रेल पनि चुनावी मैदानमा हुनुहुन्छ । सुशील दाङ जिल्ला उद्योग वाणिज्य संघमा कोषाध्यक्ष पदमा प्रजातान्त्रिक प्यानलबाट चुनावमा होमिनुभएको छ ।

Sushil pokhrel
२०६१ सालबाट व्यवसाय सुरु गर्नुभएका सुशील जिल्लाका एक सफल व्यवसायीको रुपमा परिचित हुनुहुन्छ । विशेष गरि अटो व्यवसाय अंगाल्नुभएका सुशील व्यवसायीहरुमाझ लोकप्रीय मानिनुहुन्छ । अटो भिलेज कपासीबगिया निर्माणसँगै अटो व्यवसाय व्यवस्थित गर्न सुशीलको महत्वपूर्ण भूमिका रहेको छ । अटो भिलेजको पूर्वअध्यक्ष, राप्ती अटो ईञ्जिनियरिङ एसोशियसन अध्यक्ष, स्वर्गद्धारी अटो भिल्लाका सञ्चालक भएर जिम्मेवारी पुरा गरिसक्नुभएका सुशील पुर्कोटे आयल नवलपुरका सञ्चालक, अटो भिलेजद्धारा गठीत सहकारीको अध्यक्ष पदमा रहनुभएको छ ।
व्यवसायीहरुको छाता संगठन दाङ जिल्ला उद्योग वाणिज्य संघमा आर्थिक पारदर्शीता बनाउदै आर्थिक रुपमा विकासकालागि भूमीका खेल्न आफूले उमेद्वारी दिएको सुशीलले बताउनुभयो । उहाँले व्यवसायीहरुको हक हितकालागि काम गर्न आफू चुनावी मैदानमा रहेकाले आफूलाई मतदात गर्न सम्पूर्ण व्यवसायी मतदाताहरुमा अनुरोध गर्नुभएको छ ।

टंकप्रसाद पोख्रेल (कमल)ः उद्योग सदस्य

विगत २०६९ साल देखि व्यवसायमा सक्रिय रहेका टंकप्रसाद पोख्रेल (कमल) इत्शा तेल मिलका सञ्चालक हुनुहुन्छ ।

Kamalप्रजातान्त्रिक उद्यमी संघका सदस्य समेत रहनुभएका कमल प्रजातन्त्रिवादी प्यानलवाट बाट उवासंघको सदस्य पदकालागि उमेद्वार बन्नुभएको छ । व्यवसायिक हक हितकालागि आफनो उमेद्धारी रहेको पोख्रेलले बताउनुभयो । उहाँले कर्तव्य निष्ठ भएर काम गर्ने सक्छु भन्ने दृढ विश्वास लिनुभएको छ ।
२०५८ सालमा किराना व्यवसाय सुरु गर्नुभएका टंकले २०६१ मा कपडा व्यवसाय र २०६९ साल देखि तेल मिल सञ्चालन गनुृभएको छ । अहिले पनि तेल मिल सञ्चालन गर्नुभएका टंक सदस्य पदकालागि बलियो उमेद्वारको रुपमा उभिनुभएको छ ।

विन्दु दाहालः महिला सदस्य
महिलाहरुको सफल नेतृत्वकर्ता हुनुहुन्छः विन्दु दाहाल । विन्दुको पहिचान महिला नेतृसँगै सफल व्यवसायी हो । २०६६ सालबाट व्यवसाय सुरु गर्नुभएका विन्दु अहिले दाङ उवासंघको निर्वाचनमा महिला सदस्य पदमा उमेद्वार बन्नुभएको छ ।

Bindu दाहाल वाटर सप्लायर्स सञ्चालन गर्नुभएका विन्दु विभिन्न महिला संघसंगठनदेखी सामाजिक संघसंस्थामा आवद्ध हुनुहुन्छ । लामो समयसम्म शिक्षण पेशा गरेर व्यापारमा लाग्नुभएका विन्दु छोटो समयमा नै सफल व्यवसायीको रुपमा स्थापित हुनुहुन्छ । उहाँ व्यापारीमाझ लोकप्रीय पनि हुनुहुन्छ । उवासंघमा महिला सहभागिता पूर्ण रुपमा स्थापित गर्नका लागि, व्यवसायिक हक अधिकार सुनिश्चीत, महिला शसक्तीकरण जस्ता विषयलाई प्राथमीकता दिनकालागि आफू उमेद्वार बनेको उहाँले बताउनुभयो । सबै महिला व्यवसायी एवं अग्रज व्यवसायीहरुको सल्लाहमा निर्वाचनमा उमेद्वार बनेको भन्दै सबैको साथले विजयी हुने दाहालले विश्वास व्यक्त गर्नुभयो ।

मिनराज भाटः सदस्य
घोराहीका एक चर्चीत युवा व्यवसायी हुन्ः सिमनराज भाट । युवाहरुमा पनि क्रियाशील युवा व्यवसायी २०६७ साल देखि ब्यापार सुरु गरेका घोराहीमा स्थापीत हुनुहयो । सायद मिनराजलाई नचिन्ने घोराही बजार क्षेत्रमा कोही नि छैनन् होला ।

Minसाउन ३१ गते हुने दाङ उवासंघको निर्वाचनमा सदस्य पदको उमेद्वार बन्नुभएको छ । प्रजातान्त्रिक प्यानलवाट सदस्य पदको उमेद्वार बन्नुभएका मिनराज सफल युवा व्यवसायी हुनुहुन्छ । सबै क्षेत्रमा फरर्वाड मिनराज दांङ युवा मंञ्चको महासचिव, त्रिभवननगर जेसीजको उपाध्यक्ष, सुदूरपश्चिममैत्री समाज दाङको सचिव, घोराही ग्लेडिटर्स क्रिकेट क्लबको सचि भएर काम गरिरहनुभएको छ । यसका साथै उहाँ विभिन्न सामाजिक संघसंस्थामा आवद्ध हुनुहुन्छ । उहाँले उवासंघमा आप्mनो उमेद्वारी युवालाई व्यवसायमा कसरी आकर्षित गर्ने, विना दर्ता हुने व्यापारलाई प्रतिबन्ध लगाउने, व्यापारिक संस्थामा राजनितिक हस्तक्षप बन्द गर्ने, उद्योग वाणिज्य संघको सभाहल निर्माण छिटो भन्दा छिटो सम्पन्न गर्ने लगायतका उद्धेश्यले रहेको बताउनुभयो ।
यस्तै शनिवार बन्द हुदै गरेको बजार सो भन्दा अन्य दिन गराउने, जसले गर्दा व्यापारिक सरकारी काम काज गर्ने र अरु विभिन्न सरकारी तथा अर्धसरकारी कर्मचारी, विद्यार्थी लगायतकालागि किनमेल गर्न सहज हुने र घरबहाल करको बारेमा स्पष्ट धारणा बनाउने लगायतका आफ्ना एजेण्डा रहेको उहाँले बताउनुभयो । विभिन्न सामाजिक संघ संस्थामा रहेर लामो समयदेखी काम गरेकाले र व्यवासायिक हकहितकालागि कार्य गरेकाले पनि अग्रजको सल्लाह र साथिहरुको सहयोगले उमेद्वार बनेकाले पनि सबै व्यवसायी मतदाताहरुको सहयोगले विजयी हुने विश्वास व्यक्त गर्नुभयो ।

भुवन पोख्रेलः सदस्य
व्यवसायीहरुको साझा संस्था दाङ जिल्ला उद्योग बाणिज्य संघको निर्वाचनको मिति नजिकिदै गर्दा संघको नयाँ नेतृत्वका लागि विभिन्न व्यवसायीहरुले आफ्नो प्रचारप्रचारलाई तिव्र पारेका छन् ।

Bhuvan

तीनै व्यवसायी मध्येका एक हुन्ः घोराही उपमहानरपालिका–१५ मधुवन टोल निवासी भुवन पोख्रेल । घोराहीमा चान्सलर अटो मोवाईलको व्यवसाय गर्दै आउनुभएका पोख्रेल उद्योग बाणिज्य संघको निर्वाचनमा सदस्य पदमा उमेद्वारी दिनुभएको छ । २०६८ सालदेखि उद्योग व्यवसायका क्षेत्रमा संलग्न पोख्रेल उद्योग बाणिज्य संघलाई व्यवसायीक हकहित, दक्षता, अभिवृद्धि, स्वच्छ तथा व्यवहारिक प्रणालीको स्थापितसँगै उद्योग व्यवसायीहरुका विचमा सुमधुर सम्वन्ध कायमसँगै स्वच्छ प्रतिस्पर्धाका लागि आफुले उद्योग वाणिज्य संघको सदस्यमा उमेद्धवारी दिएको बताउनुभयो । युवा सफल व्यवसायीका रुपमा स्थापित पोख्रेल गोरक्ष राष्ट्रिय दैनिकका स्तम्भकार समेत हुन । त्यससँगै उहाँ विभिन्न सहकारी सस्थाको कार्यसमितिमा रहेर काम गरिसक्नुभएको छ । साथै टोल विकास संस्थाको नेतृत्वसँगै शिक्षण पेशाको समेत अनुभव रहेको छ । व्यवसायीहरुको हकहितकालागि निर्वाचनमा गएकाले विजयी बनाउने वश्वास व्यक्त गर्नुभयो ।

छविनारायण गिरीः सदस्य
छविनारायण गिरी जिल्लामा पुराना व्यवसायीका रुपमा परिचित हुनुुहुन्छ । घोराहीको मुख्य केन्द्र न्युरोडमा स्काई सु–सेन्टर सञ्चालन गर्दै आउनुभएका गिरी जिल्लामा एक सफल व्यवसायीका रुपमा स्थापित हुनुहुन्छ ।

Xabi२०५६ सालदेखि व्यवसायीक क्षत्रमा लागेको बताउने गिरीले पछिल्लो समय व्यवसायीका नाममा गैरव्यवसायीहरुको विकृति देखिएको र त्यो समाधानकालागी उद्योग वाणिज्य संघमा जान चाहेको बताउनुहुन्छ । उद्योग बाणिज्य संघ विशुद्ध उद्योगी व्यवसायीहरुको छाता संगठन भएकाले त्यही अनुसार संघलाई अघि बढाउनुपर्ने गिरीको भनाई छ । गरीले भन्नुभयो– ‘पसल दर्ता गरेकै भरमा व्यवसायी हु भनेर नेतृत्वमा जान खोज्ने प्रचल अन्त्य हुनुपर्छ ।’
‘उद्योग बाणिज्य संघको काम व्यवसायीहरुको हकहितसँगै जिल्लाको आर्थिक विकासमा ध्यान दिनुपर्ने हो । त्यसका लागि व्यवसायीहरुमा व्यापारिक अनुभवसँगै व्यवसायीहरुलाई पर्ने समस्या बुझ्न सक्ने नेतृत्वको अहिले आवश्यकता छ । त्यसैले संघको सदस्यमा उमेद्धवारी दिएको छु ।’ उहाँले भन्नुभयो । व्यवसायसँगै २४ बर्षसम्म शिक्षण पेशाको अनुभव संगाल्नुभएका गिरीले आफु निर्वाचित भए व्यापारमा देखिएको विकृति, आर्थिक विकास, सामाजिक सेवा लगायतका कामहरुलाई प्राथमितामा दिएर उठाउने बताउनुहुन्छ । नयाँ सडक टोल विकासका सस्था र नेपाल दशनामी समाजमा सचिव रहेर काम गरिरहनुभएका गिरी त्यसका साथै अन्य विभिन्न सामाजिक संघ सस्थाहरुमा रहेर काम गरिसक्नुभएको छ ।

तेजवहादुर पौडेल (विश्व)ः सदस्य
विगत ४ वर्ष देखि व्यवसायमा रहनुभएका तेजबहादुर पौडेल अहिले चुनाव िमैदानमा हुनुहुन्छ । उहाँको वास्तविक नाम तेजबहादुर पौडेल हो तर उहाँलाई सबैले चिन्ने नाम विश्व हो ।

BIswa

विश्व अर्थात तेजबहादुर विश्व सप्लासर्य र विश्व एण्ड वर्दंशका सञ्चालक हुनुहुन्छ । त्यसका साथै राप्ति अञ्चल लिकर्स एसोशियसनका सचिव र प्रजातान्त्रिक उद्यमी संघमा समेत आवद्ध विश्व साउन ३१ गते हुने दाङ उवासंघको निर्वाचनमा प्रजातान्त्रि प्यानलबाट सदस्यमा उमेद्धार बन्नुभएको छ । व्यवासयिक हकहितकालागि काम गर्न आफू उमेद्वार भएको विश्वको भनाई छ । विभिन्न संघसंस्थाहरुमा आवद्ध भएर उत्कृष्ट काम गरेको र उद्योग वाणिज्य संघमा युवाहरुको प्रतिनिधित्वका रुपमा सदस्य बन्न चाहेको र व्यवसायीहरुको मतले जित्ने विश्वास रहेको छ ।

धनपति शर्माः सदस्य
दाङका पुराना फर्निचर व्यवसायीहरुमध्य एक व्यवसायी हुनुहुन्छः धनपति शर्मा । सिद्धबाबा फर्निचर एण्ड सप्लायर्स सञ्चालक शर्मा फर्निचर व्यवसायीहरुको प्रतिनिधित्व गर्दै दाङ उवासंघको नयाँ नेतृत्वकालागि सदस्य पदको उमेद्वार हुनुहुन्छ ।

Dhanpati

२०४८ भदौ १ गतेदेखी फर्निचर व्यवसाय सुरु गर्नुभएका धनिपति मिलनसार एवं सबैको प्रीय व्यवसायी हुनुहुन्छ । त्रिभुवननगर जेसीज, सामुदायीक सेवा केन्द्र, पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति लगायत विभिन्न संघसंस्थाको जिम्मेवार पदमा रहेर काम गरिसक्नुभएका धनपतिले व्यवसायीहरुको हकहित, फर्निचर व्यवसायीको समस्या समाधान, साना तथा ठुला व्यवसायीले भोग्दै आएमा समस्याको समाधानमा पहल गर्ने उद्धेश्यकासाथ सदस्य बन्न चाहेको बताउनुभयो । यस्तै घरवहाल, कर, विलिङ, स्वच्छ घोराहीजस्ता विविध विषयमा काम गर्ने शर्माको भनाई छ । सामाजिक क्षेत्रमा रहेर लामो समयदेखी समाज सुधारमा लागेकाले र व्यवसायमा लामो अनुभव भएकाले पनि व्यवसायी मतदाताहरुले मतदात गर्ने बताउनुभयो ।

राजकुमार गुप्ताः सदस्य
राजकुमार गुप्ता साउन ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सदस्य पदका उमेद्वार बन्नुभएको छ । प्राजातान्त्रिक प्यानलबाट सदस्य पदको उमेद्वार बन्नुभएका गुप्ता लामो समयदेखी व्यवसायीक क्षत्रमा रहनुभएको छ । विभिन्न संघसंस्थामा रहेर लामो समयदेखी काम गरिसक्नुभएका गुप्ता यस निर्वाचनमा मधेसी समुदायको प्रतिनीधीको रुपमा प्रतिनिधित्व गर्नुभएको छ ।

Rajkumar

टोलविसका संस्थाको अध्यक्ष, खानेपानी संस्थाको सल्लाहाकार, टाउन प्लान विकास संस्थाको सहसचिव, गुप्ता समाजको अध्यक्ष र भाडा व्यवसायि समितिको उपाध्यक्ष भएर सफल काम गरेको अनुभव उहाँसँग छ ।

व्यवासायिक हक हित र समग्र विकासका लागि आफनो उमेद्धारी रहेको बताउने गुप्ता व्यवसायी मतदाताले मतदान गरेर विजयी बनाएमा व्यवसायीको पक्षमा काम गर्ने अवसर मिल्ने पुर्ण विश्वास रहेको बताउनुभयो । राज सप्लार्यसका सञ्चालक गुप्ता भाडा व्यवसायीहरुको नेताको रुपमा उवासंघमा प्रतिनिधित्व गर्दै हुनुहुन्छ । व्यवसायीहरुको अमुल्य मतले आफू विजयी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*