Home / Feature Breaking news / प्रत्येक नेपालीको थाप्लोमा ३१ हजार ऋण

प्रत्येक नेपालीको थाप्लोमा ३१ हजार ऋण

काठमाडौँ,२९ चैत । नेपालीको थाप्लोमा ऋणको भार बढेको छ । यो बर्षबाट एक नेपालीको थाप्लोमा ३१ हजार सात सय ५० रुपैयाँ ऋण पुगेको छ ।

महालेखा प्रतिवेदनले नेपालीहरुको ऋणको भार बढेको देखाएको हो । यो गतबर्षभन्दा सात हजारले बढी हो ।
महालेखाले शुक्रबार २०७५ र ७६को आर्थिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

महालेखाले यो बर्ष ६ हजार ६ सय ४४ निकायको रु ५१ खर्ब ६० अर्ब, ९२ करोडको लेखा परीक्षण गरेको छ ।

जसमा संघीय सरकारी कार्यालय अन्तर्गत ५.२९ प्रतिशत वेरुजु देखिएको छ भने प्रदेश सरकारी कार्यालय ७.२५ प्रतिशत वेरुजु देखिएको छ ।

त्यस्तै स्थानीय तहतर्फ ४.२२ र समिति तथा अन्य संस्था ४.०९ प्रतिशत बेरुजु देखिएको महालेखापरीक्षकको ५६ औं बार्षिक प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*