घाेराही, १४ जेठ
घाेराही उपमहानगरपालिका वडम नम्बर ७ का विभिन्न गाँउमा स्वास्थ्य सामाग्री सहयाेग गरिएकाे छ । नेपाली काग्रेसका युवा नेता तथा समाजसेवी सराेज शाहकाे अगुवाईमा वडाका बेसाही, घुस्रा, साैडीयार, कनरियामा पुगेर जुहाउने साबुन, कपडा धुने साबुन, मास्क लगायतका सामाग्री सहयाेग गर्नुभएकाे हाे ।
वडा कार्यालयसँगकाे समन्वयमा स्वास्थ्य सामाग्री सहयाेग गरिएकाे हाे । वडा सदस्य सुशीला चाैधरीकाे उपस्थितिमा ती सामाग्री १ सय ८१ जनालाई सहयाेग गरिएकाे थियाे ।
वडाका २ सय ६ जनालाई एक महिनाकालागी ब्लड प्रेसरकाे अनैषधी एक महिनाकालागी प्रदान गरिएकाे छ ।
सराेज शाहकाे अगुवाईमा नेपाली काँग्रेस क्षेत्रीय सदस्य केशव के.सी, नेपाली काँग्रेस साैडियारका नेता राेहबरबहादुर के.सी, किसान संघका क्षेत्रीय सभापति चन्द्रप्रसाद चाैधरी, समाजसेवी निरजविक्रम शाह, समाजसेवी जनक शाहकाे सहयाेगमा स्वास्थ्य सामाग्री प्रदान गरिएकाे हाे ।
यस्तै जय लक्ष्मी मेडिकल हल नारायणपुरका प्राे. H.A दिनेश चाैधरीले वडा नं ७ मा रहेका दिर्धराेगकाे समस्या भएकाहरूकालागी निशुल्क स्वास्थ्य परिक्षण तथा परामर्श सेवा दिने प्रतिवद्धता व्यक्त गर्नुभएकाे थियाे । प्रतिबद्धता गर्नु भएकाे छ ।
मित्र मेडिकलका प्राे. दुर्गानाथ याेगीले वडाबासीहरूलाई विभिन्न अाैषधी प्रदान गर्नुभएकाे थियाे ।
याेग गुरूद्वारा याेगबारे जानकारी
याेग गुरु प्रेम शाहले घाेराही- ७ काे साैडियार स्कुलका क्वारेन्टाइनमा रहेका व्यक्तीहरूलाई याेगद्वारा याे महामारीसँग लड्नकाे लागि अनुराेध गर्नु भएकाे छ । उहाँल विभिन्न याेग आसनहरुकाे बारेमा जानकारी गराउदै मनाेबल उच्च राख्न अनुराेध गर्नुभयाे । साथै क्वारेन्टाइनमा बसेकालाई याेग अभ्यास गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएकाे छ ।
नेपाली काँग्रेसका क्षेत्रीय सभापति भुप बहादुर डाँगीले क्वरेन्टाईमा बसेकाहरुकाे उचित व्यवश्थापन गर्नकाे लागि सम्बन्धित निकायसँग पहल गर्ने र उक्त वडाबासीहरु काे हरेक दुखकष्टमा सहभागी हुने प्रतिवद्ता व्यक्त गर्नुभएकाे छ ।
RaptiSandesh RaptiSandesh