Home / Feature Breaking news / महिला सामुदायिकको ३० औं स्थापना दिवश : रक्तदान र शैक्षिक सामाग्री सहयोग

महिला सामुदायिकको ३० औं स्थापना दिवश : रक्तदान र शैक्षिक सामाग्री सहयोग

घोराही, ३ भदौ

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले ३० औं स्थापना दिवश मनाएको छ । संस्थाले स्थापना दिवशको अवसरमा रक्तदान तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।

रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेका थिए । जसमा आकाश योगी, विवेक रावत, समीर भण्डारी, सुष्मा बि.क, चन्द्र डाँगी, कल्पना डाँगी, अम्भीका वली, संगीता राई, माधवकुमार राई, रञ्जीता नेपाली, रमेश नेपाली, सहिल डाँगी, पंयुशनाथ योगी, अनिल अधिकारीले रक्तदान गर्नुभएको थियो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जेहेन्दार तथा अति विपन्न परिवारका १५ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरु सहयोग गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका उपप्रमुख डिसीले नेपाल महिला सामुदायिक सेवा केन्द्रले सामाजिक रुपान्तरणको क्षेत्रमा अतुलनिय योगदान गरेको बनाउनुभयो । उहाँले ३० बर्षको यात्रामा यस संस्थाले विपन्न तथा पछाडी पारिएको समुदायकोलागी काम गरेको बताउदै धेरै महिलाहरुलाई जिवन जिउन सक्ने बनाएको बताउनुभयो । ‘यस संस्थाले समाजकालागी धेरै नै उदाहरणीय कामहरु गरेको छ । जुन यहाँ वर्णन गरेर नै सम्भव छैन’ उहाँले भन्नुभयो–‘राज्यको स्रोतको आश गर्ने संस्थाहरु धेरै छन्, तर यो संस्थाले सरकारलाई सहयोग गरेको छ ।’

डिसीले महिलाहरुको सामाजिक तथा आर्थिका विकासकालागी सामुदायिक सेवा केन्द्रले पु¥याएको योगदान महत्वपूर्ण भएको बताउनुभयो । द्धन्दपीडित परिवारलाई समाजमा स्थापीत गर्नकालागी यस संस्थाले लामो समयदेखी काम गरिरहेको उहाँको भनाई थियो । उहाँले घोराही उपमहानगरपालिकाले उपमहानगरबासीहरुकालागी निशुल्क रगतको व्यवस्था गरेको पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि रक्त सञ्चार केन्द्रका ठाकुर पौडेलले नेपाल महिला सामुदायिक सेवा केन्द्रले क्यालेण्डरमै राखेर हरेक बर्ष स्थापना दिवशमा रक्तदान गर्ने गरेको भन्दै लामो समयदेखी संस्थागत सहकार्य रहेको बताउनुभयो । उहाँले मानव जिवनको सबैभन्दा महत्वपूर्ण दान भनेको रक्तदान रहेको बताउनुभयो । संस्थाका सचिव शिवा योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कार्यक्रम अधिकृत आर.के.शीतलले गर्नुभएको थियो ।

स्वावलम्बी तथा चेतनशिल महिला समाजको सृजना गर्ने परिकल्पना स्थानीय सिप तथा श्रमको उपयोग गरेर सामाजिक शसक्तीकरण तथा आर्थिक सशक्तिकरण गर्ने ध्यय र लक्ष्यकासाथ स्थापना भएको नेपाल महिला सामुदायिक सेवा केन्द्रले दिगो शान्ति स्थापनाका लागी सामुदायिक जागरण बालिका शिक्षा, मानव अधिकार संरक्षण तथा प्रवद्र्धन, द्धन्द्ध प्रभावित क्षेत्र तथा समुदायको पुनःनिर्माण तथा पुर्नस्थापनामा सहयोग, वातावरण÷पर्यावरण संरक्षण तथा विपद व्यवस्थापन, लघुवित्त कार्यक्रम, सहकारी मार्फत सामुदायिक विकास र उद्यम विकास कार्यक्रम मार्फत युवाहरुमा स्वरोजगार निमार्ण लगायतका कार्यहरु गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*