कपिलवस्तु, १० असार ।
नेपाली काग्रेस लुम्बिनी प्रदेश उप सभापती एवं लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले काग्रेस नेतृत्वको सरकारले गरेका कार्यहरु आम नागरिक सम्म पु¥याउन पार्टि नेता कार्यकर्ताले भूमिका खेल्नु पर्ने बताउनु भएको छ ।
नेपाली काग्रेस कपिलवस्तुले पार्टि कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उप सभापती खनालले नागरिकका अपेक्षा सम्बोधन गर्ने दायीत्व सरकारको भएकाले उनीहरुका आबश्यक्ताको पहिचान गरि सरकारलाई सुझाव दिने काम पार्टि पक्तिले गर्नुसक्नु पर्ने बताउनु भएको हो । पार्टि भित्र पार्टिलाई थप सशक्त बनाउने सवालमा छलफल र तर्क वितर्क हुनु स्वाभाविक भएको भन्दै गुट उपगुटमा नलागी पार्टिलाई थप सशक्त बनाउन आबश्यक रहेको बताउनु भयो ।
पार्टिलाई चलायमान बनाउन यस्ता कार्यक्रमको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले जनजिविका र पार्टिले अघि सारेका निती कार्यक्रमका बारेमा तल्लो तहका पार्टि संरचना सम्म छलफल गरेर सरकार र पार्टिलाई सुझाव दिन पनि उहाँले आग्रह गर्नुभयो । सकृय कार्यकर्ता नै पार्टिका बलिया खम्बा भएको उपसभापती खनालको भनाई थियो ।
नेपाली काग्रेस कपिलवस्तुका सभापती अब्दुल कलामको अध्यक्षता एवं पार्टिका प्रदेश उपसभापती एवं स्वास्थ्य मन्त्री राजु खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काग्रेसका निवर्तमान केन्द्रिय सदस्य अतहर कमाल मुसलमान, क्षेत्रीय सभापती केशव कुमार श्रेष्ठ, प्रदेश सभापती दुर्गा केसी, महाधिवेशन प्रतिनिधि तेज वहादुर बस्नेत, काग्रेस नेता राज अर्याल लगायतले कार्यकर्तालाई उत्साहित गराउने नविन कार्यक्रम ल्याउन पार्टिले भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल महिला सँघका केन्द्रिय सदस्य विमला गैरे, पार्टिका जिल्ला प्रवक्ता ईश्वरी प्रसाद पाण्डे, बुद्धभुमी नगर सभापती माधव दमासे, बाणगँगा नगर सभापती विष्णु थापा, शिवराज नगर सभापती मधु पोख्रेल, कपिलवस्तु नगर सभापती खर्सेद अहमद खाँ लगायतले पार्टि र सरकारले गर्नु पर्ने कार्यका बारेमा आ आफ्ना धारणा राख्नु भएको थियो ।