Home / Feature Breaking news / यसरी भयो सत्ता गठबन्धनमा प्रतिनिधिसभा र प्रदेशसभा सिटको बाँडफाँट

यसरी भयो सत्ता गठबन्धनमा प्रतिनिधिसभा र प्रदेशसभा सिटको बाँडफाँट

सत्ता गठबन्धनमा प्रतिनिधि सभा र प्रदेश सभातर्फ सिटको बाँडफाँट भएको छ ।

पाँच दल रहेका सत्ता गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा)ले एमालेसँग तालमेलको तयारी गरेपछि १३ सिट प्रतिनिधिसभाका खाली राख्दै बाँकीमा सहमति जुटाएका हुन् ।

प्रतिनिधिसभाका १६५ सिटमध्ये १५२ सिट बाँडफाँट भएको छ । जसमा कांग्रेसले ८४ क्षेत्रमा उमेदवारी दिने भएको छ भने माओवादीले ४७ क्षेत्रमा उमेदवारी दिने भएका छन् ।

नेकपा एकीकृत समाजवादीले १९ सिटमा उमेदवारी दिने भएको छ । राष्ट्रिय जनमोर्चाले पनि दुई सिटमा उमेदवारी दिने भएको छ ।

प्रदेशसभातर्फ ३३० सिटमध्ये गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चालाई सिट छुट्टयाइएको छैन भने कांग्रेसले १५६ सिटमा उमेदवारी दिनेछ ।

माओवादी केन्द्रले ९९, एकीकृत समाजवादीले ३६ सिटमा उमेदवारी दिने छन् । दुवै पार्टीको दाबी रहेका १२ वटा प्रदेशसभा रहेका छन् । २७ वटा प्रदेशसभाको सिट खाली राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*