काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकोप्रति आपत्ति जनाएका छन् । महामन्त्री कोइरालाले कानुन कुनै व्यक्तिको सनक पूरा गर्ने साधन हुन नसक्ने भन्दै प्रधानमन्त्रीबाट गलत काम भएको बताएका हुन् ।
महामन्त्री कोइरालाले भने, ‘‘ओलीजी अध्यादेशबाट शासन गर्न खोज्दै हुनुहुन्छ, संसद्लाई माइनस गरेर अघि बढ्न खोज्दै हुनुहुन्छ, यो विल्कुल ठीक भइरहेको छैन ।’’ उनले कानुन भनेको प्रधानमन्त्रीको सनक पूरा गर्ने साधन हुन नसक्ने भन्दै अहिलेको अध्यायदेशले संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने बताए ।
‘‘कानुन भनेको त प्रधानमन्त्री केपीजीको सनक पूरा गर्ने साधन त होइन नि,’’ कोइरालले भने, ‘‘यदि यही अध्यादेशअनुसार संवैधानिक परिषद्ले निर्णय गर्छ भने संवैधानिक परिषद् र आयोगहरुको पनि गरिमा समाप्त हुन्छ ।’’ उनले प्रधानमन्त्रीबाटै अध्यादेश फिर्ता गर्नु सबैभन्दा बुद्धिमानी हुने पनि बताए ।
RaptiSandesh RaptiSandesh