Home / Feature Breaking news / घोराही उपमहानगरपालिकाको २ अर्व ३२ करोड बढी बजेट

घोराही उपमहानगरपालिकाको २ अर्व ३२ करोड बढी बजेट

घोराही, १० असार । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि २ अर्ब ३२ करोड ९० लाखको बजेट ल्याएको छ ।

शुक्रबार दोस्रो नगरसभाको पहिलो अधिवेशनमा उपप्रमुख हुमा डिसीले चालुतर्फ १ अर्ब २५ करोड ४० लाख ८१ हजार र पूँजीगत तर्फ १ अर्ब ७ करोड ४९ लाख १० हजारको बजेट प्रस्तुत गरेकी हुन । यो बजेत गतबर्षको भन्दा करिव १२ करोड बढी हो । गत अािर्थक बर्ष दुई अर्व २० करोड बढी बजेट बिनियोजन गरेको थियो ।

उक्त बजेटको खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक आयव्ययबाट ३२ करोड, संघीय वित्तिय समानिकरण अनुदानबाट ३५ करोड ९५ लाख, संघीय राजस्व बाँडफाँडबाट २५ करोड ७६ लाख ५८ हजार, संघीय रोयल्टी बाँडफाँडबाट ७ लाख, संघीय सशर्त अनुदानबाट ७१ करोड २ लाख जुटाउने उपमहानगरले जनाएको छ ।

त्यस्तै संघीय समपुरक अनुदानबाट १ करोड र संघीय विशेष अनुदानबाट २ करोड बेहोरिने उपप्रमुख डिसीले जानकारी गराएकी थिइन । प्रदेश समपुरक अनुदानबाट ३ करोड र प्रदेश विशेष अनुदानबाट ८० लाख खर्च बेहोरिने छ ।यसबाट अपुग हुने रकम ५३ करोड ५८ लाख र गत आर्थिक वर्षको बैंक मौजदातबाट बेहोरिने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*