Home / Feature Breaking news / तुलसीपुरको बजेट १ अर्व ८६ करोड

तुलसीपुरको बजेट १ अर्व ८६ करोड

तुलसीपुर, १० असार । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को अनुमानित बजेट सार्वजनिक गरेको छ । तुलसीपुर उपमहानगरपालिपकाका उपमेयर स्यानी चौधरीले बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै यस आर्थिक बर्षको कुल वजेट रु. १ अरब ८६ करोड ४७ लाख, ७९ हजार अनुमान गरिएको बताइन् ।

जसमा आन्तरिक श्रोतबाट रु. ३० करोड १२ लाख, स्थानीय तह राजश्व वाडफाड मालपोत रजिष्टेशनवाट रु. १० करोड, अल्या बैक मौज्दात रु. ४ करोड ५० लाख गरि कुल आन्तरिक आम्दानी रु. ४४ करोड ६२ लाख अनुमान गरिएको छ । संघीय सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानिकरण अनुदान रु. ३३ करोड ६२ लाख, सशर्त अनुदान रु. ६२ करोड ९१ लाख, समपुरक अनुदान रु. १ करोड ६० लाख, विशेष अनुदान रु. १ करोड ३० लाख र राजश्व बाँडफाड रकम रु २३ करोड ५५ लाख ३ हजार, रहेको बताइन् ।

त्यसै गरि प्रदेश सरकारबाट प्राप्त हुने अनुदान गरिएको समानिकरण अनुदान रु. १ करोड ५६ लाख, सशर्त अनुदान रु. १ करोड ६० लाख, समपुरक अनुदान रु. ३ करोड, विशेष अनुदान रु.८० लाख र राजश्व बाँडफाड रकम रु ३ करोड ३१ लाख ७६ हजार र अन्य संघ संस्था अनुदानमा नगरविकास कोष ऋण रु.७ करोड,युनिसेपm अनुदान रु. ६० लाख र सडक वोर्ड नेपाल रु. १ करोड प्राप्त हुने अनुमान गरि कुल आम्दानी वजेट अनुमान गरिएकोमा व्यय तर्फ कार्यालय संचालन र प्रशासनिक खर्च रु. २७ करोड ८ लाख ३२ हजार नगर विकास कोष सावा व्याज किस्ता भुक्तानी रु ७७ लाख २३ हजार, चालु नगर स्तरीय कार्यक्रम खर्च रु.१ करोड ६५ लाख ७७ हजार, सवै महाशाखा र शाखाहरुको प्रशासनिक र कार्यक्रम खर्च रु.१८ करोड ९८ लाख ६८ हजार, वडा स्तरीय प्रशासनिक,योजना तथा कार्यक्रम खर्च रु.१३ करोड ३० लाख, नगर स्तरीय योजना तथा कार्यक्रम खर्च रु ३ करोड ८५ लाख ५४ हजार २ सय ७६, दायित्व गत आ.व.का योजना कार्यक्रम खर्च रु.३० करोड, केन्द्र प्रदेश र अन्य समपुरक योजनाको खर्च रु. ८ करोड ५० लाख, गत आ.व.भुक्तानी वाकि खर्च रु.२ करोड ५१ लाख २४ हजार ७ सय २४, संघिय सरकार सशर्त,विशेष र समपुरक योजनाको खर्च रु. ६५ करोड ८१ लाख, प्रदेश सरकार सशर्त,विशेष र समपुरक योजनाको खर्च रु. ५ करोड ४० लाख गरि कुल वजेट खर्च रु. १ अरब ८६ करोड ४७ लाख, ७९ हजार अनुमान गरिएको होे ।

त्यसैगरि आर्थिक वर्ष २०७९÷८० मा चालु तर्फका कार्यक्रमहरु,प्रशासनिक खर्च र कार्यालय संचालन तर्फ कुल खर्च रु. ४७ करोड ७२ लाख ७७ हजार अर्थात कुल वजेट खर्चको २५.५९ प्रतिशत रहेको छ, विकास र शसक्तिकरणका कार्यक्रमहरु, सशर्तका कार्यक्रमहरु तर्फ कुल खर्च रु.१ अरव ३७ करोड ९७ लाख ७९ हजार कुल वजेट खर्चको ७३.९९ प्रतिशत हुने बताएको छ । यसै गरि वित्तिय खर्च तर्फ ७७ लाख २३ हजार विनियोजन गरिएको छ जुन कुल बजेट खर्च अनुमानको ०.४१ प्रतिशत हुन आउने उममेयर चौधरी बताइन् ।

बजेटमा स्वास्थ्य तर्फ विपन्न परिवारलाई तुलसीपुर उपमहानगरपालिका भित्रको हस्पिटल तथा स्वास्थ्य संस्थाबाट निशुल्क उपचार गर्न आवश्यक ब्यवस्था गरिएको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरी सञ्चालनमा ल्याएको १५ शैयाको तुलसीपुर भिमसेन मेट्रो अस्पताललाई स्तरोन्नती गरि गुणस्तरीय, सर्वसुलभ र उपचारात्मक तथा निदानात्मक सेवा लगायत विशिष्ट सेवाहरु संचालन गर्न र पालिकालाई निशूल्क शल्यकृयाका माध्यमवाट १ वर्ष भित्र मोतिविन्दुमुक्त समाजको रुपमा रुपान्तरण गर्न आवश्यक रकम विनियोजन गरिएको छ । त्यस्तै किशोर किशोरी मैत्री स्वास्थ्य सेवालाई प्रभावकारीरुपमा संचालन गर्न किशोर किशोरी सूचना तथा मनोसंकट सहयोग केन्द्र स्थापना गरिने छ ।

उमेयरले प्रस्तुत गरेको बजेट वक्तव्यमा नगरस्तरमा औषधि भण्डारण भवन निर्माण तथा खोप कोल्डचेन, अत्यावश्यक गुणस्तरिय औषधि, औजार तथा उपकरणको व्यवस्था गर्न र थारु समुदायमा रहेको सिकलसेल एनिमिया, हेमोफिलिया लगायतका रोगहरुका उपचार सेवालाई प्रभावकारी वनाउनका लागि आवश्यक वजेट विनियोजन गरिएको छ । खानेपानी सेवा विस्तार अन्तरगत फुलवारी डिपवोरीङ तु.उ.न.पा. १३ लाइ रु. ५० लाख,राजपुर धारगाउ खानेपानी लाइ रु. २० लाख र अश्वारा खानेपानीलाइ रु. २० लाख वजेटको व्यवस्था भएको छ ।

शिक्षामा विद्यार्थीहरुको पहुँच सुनिश्चित गर्नका लागि यसै आर्थिक वर्षदेखि आधारभुत तह अन्तर्गत कक्षा १ देखि ८ सम्म पूर्ण रुपमा निशुल्क वनाउन र शिशु कक्षा सहयोगीहरुको क्षमता, दक्षता र कार्यको आधारमा शिशु कक्षा सहयोगी कार्यकर्ता ,विद्यालय सहायक कर्मचारी र कार्यलय सहयोगीलाई थप सेवा सुविधाका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।

त्यस्तै विद्यालयहरुलाई आवश्यक विज्ञान, कम्प्युटर प्रयोगशाला, पुस्तकालय, कक्षाकोठा लगायत अन्य भौतिक संरचनामा थप जोड दिदै त्यस्ता संरचनाहरुलाई बालमैत्री तथा अपाङ्गमैत्री बनाउनका लागि आवश्यक बजेट व्यवस्था गरिनेछ । विभिन्न विश्वविद्यालयसँग सहकार्य गरेर कृषि, वन विज्ञान, चिकित्सा, इन्जिनियरिंग, फुड टेक्नोलोजी, मेडिकल साइन्स जस्ता प्राविधिक शिक्षा सञ्चालनका लागि संघ, प्रदेश सरकारसँग सहकार्य गरेर आवश्यक वजेट व्यवस्था गरिने उमेयर चौधरीले बताइन् । युवा तथा खेलकुद तर्फ

कम्तीमा एक शैक्षिक संस्था एक सामुदायिक उद्यम कार्यक्रमका लागि ५ लाख विनियोजन गरिएको छ। त्यस्तै लैगिक हिंसामा परेका महिलाहरुको उपचार तथा पुनस्थापनाका लागि उपमेयर महिला सुरक्षा आवास कार्यक्रमलाइ लागि वजेट विनियोजन गरिएको छ ।

भाषा तथा संस्कृति र पर्यटन प्रवर्धनका लागि तुलसीपुर उपमहानगरपालिकालाई पर्यटनको हवको रुपमा विकास गर्न घुम्न जाउँ तुलसीपुर अभियानलाई निरतरता दिन आवश्यक बजेट विनियोजन गरिएको छ भने पर्यटन प्रवद्र्धन र उद्यम विकास गर्न होमस्टेको विकासका लागि आवश्यक वजेट विनियोजन गरिएको उमेयर चौधरीले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ । तुलसीपुर एयरपोर्टको स्तरोन्नतिको लागि पनि आवश्वयक व्यवस्था बजेटमा गरिएको छ ।

त्यस्तै भूउपयोग नीति निर्माण गर्दै जग्गाको बर्गिकरण गरी कृषी उत्पादनको पकेट क्षेत्र निर्धारणलाई निरन्तरता दिन मौरी, बाख्रा र नया तरकारी वालीको पकेटका लागि रु.२५ लाख वजेट विनियोजन गरिएको छ भने व्यासायिक कागति खेतिको लागि रु.१० लाख वजेट विनियोजन गरिएको छ भने धानवाली प्रवर्धन कार्यक्रमका लागि रु. २५ लाख वजेट विनियोजन भएको छ ।

त्यस्तै बजेटमा पशु स्वास्थ्य सेवा प्रभावकारी बनाउन डिस्पेन्सरी सञ्चालन एवं प्रयोगशाला निर्माण तथा दुर्गम क्षेत्रमा घुम्ति शिविर सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था , कृषकले उत्पादन गरेको दुधको बजार व्यवस्थापन हुन नसक्ने अवस्थामा चिलिङ सेन्टर स्थापना गर्न लागत साझेदारी वापतको रकम रु. १५ लाख ५० हजार बजेट व्यवस्था गरिएको छ ।

बजेटमा नगरको फोहोरलाई मोहोरमा बदल्न र दीर्घकालीन व्यवस्थापन गर्न दिर्घकालिन ल्याण्डफिल साइटको व्यवस्था र फोहोरलाई वर्गीकरण तथा व्यवस्थापनका लागि आवश्यक व्यवस्था गरिने छ । त्यस्तै मा.वि. दोघरे स्कुलको भवन निर्माण गर्न थप रु. १ करोड ३० लाख वजेट विनियोजन भएको छ । शहरी विकास कार्यक्रमका लागि उरहरी चोक देखि दामोदर मार्ग छुने सडक तथा नाला निर्माणको लागि रु. ४९ लाख वजेट विनियोजन भएको छ ।

सूचना तथा सञ्चारमा रेडियो तथा टेलिभिजन कार्यक्रम निर्माण, तुलसीपुर मासिक बुलेटिन प्रकाशन, हेलो मेयर टोल फ्रि हटलाइन सञ्चालन, सञ्चारकर्मीको स्वास्थ्य विमा, लोककल्याणकारी विज्ञापन वितरणका लागि आवश्यक रकम विनियोजन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको वडा नं १, ३, ४ र १९ का अग्ला स्थानहरुबाट वायु उर्जा उत्पादनका गर्न सम्भाव्यता अध्ययनका लागि आवश्यक व्यवस्था गरिएको उमेयर चौधरीले बताइन् ।

त्यस्तै कार्यक्रममा नगरप्रमुख टिकाराम खड्काले समृद्ध तुलसीपुर सवैका लागि सधैका लागि भन्ने मुल अभियानका साथ आर्थिक बर्षको विजेट विनियोजन गरिएको भन्दै बजेटलाई कार्यान्वयन गर्न आफुहरु लाग्ने बताए । उनले सवैको साथ र सहयोगलेमात्र आफुहरुले बजेट कार्यान्वयन गर्ने सक्ने बताए । प्रथम नगरसभाको दोस्रो बैठकमा आर्थिक विधेयक आर्थिक समितिका संयोजक माधव वली, विनियोजिन विद्येयक लेखा समितिका संयोजक घनश्याम ढकालले प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*